इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ घाइते « Khabarhub

इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ घाइते


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– इन्डोनेसियाको पश्चिमी जाभाको बेकासीमा दुई वटा रेलहरू एक आपसमा ठोक्किएर दुर्घटना हुँदा १४ जनाको मृत्यु हुनुका साथै ८४ जना घाइते भएको स्थानीय अधिकारीहरूले मंगलबार बताएका छन् ।

दुर्घटना पछि इन्डोनेसियाका राष्ट्रपति प्रबोवो सुबिआन्तोले बेकासीको अस्पतालमा पीडितहरूलाई भेटी समवेदना व्यक्त गर्दै दुखद घटनाको सिग्र अनुसन्धान गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । 

रेल अपरेटर तथा केएआईका अध्यक्ष निर्देशक बबी रेसिडिनले  १४ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उनका अनुसार मृतकलाई पहिचानका लागि प्रहरी अस्पतालमा लगिएको छ भने  ८४ जना घाइतेहरूले विभिन्न स्वास्थ्य सुविधाहरूमा उपचारका लागि लगिएको छ । 

स्थानीय समय अनुसार वेलुका करिब ८ः५० मा जकार्ता–बेकासी मार्गमा चल्ने लामो दूरीको रेलहरू एक आपसमा ठोक्किँदा दुर्घटना भएको जनाइएको छ ।
रेल अपरेटर र राष्ट्रिय यातायात सुरक्षा समितिले घटनाको कारणबारे अनुसन्धान गरिरहेको जनाएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १२ : ३२ बजे

पहिरोले साँफे-मार्तडी सडकखण्ड अवरुद्ध

बाजुरा – अविरल वर्षासँगै बाजुराको विभिन्न स्थानमा पहिरो खस्दा जिल्ला

भोटेकोशी बाढीः रसुवामा तीन हजार सम्पर्कविहीन

रसुवा – नेपाल र चीनकाे सीमा क्षेत्रबाट भोटेकोशी नदीमा गएको

चुमनुब्रीस्थित थेराङखोलाको बाढीले चार घर र पुलमा क्षति

गोरखा – जिल्लाको हिमाली भेगस्थित चुमनुब्री गाउँपालिका–४ र २ भएर

एसिसी प्रिमियर कप : साउदीविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको तेस्रो खेलमा

न्युजिल्यान्ड ‘ए’ विरुद्ध नेपाल ‘ए’ को टोली टस जितेर ब्याटिङ गर्दै

काठमाडाैँ – अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले