वैशाखमै महाधिवेशन गर्ने देउवा समूहको तयारी, मीन विश्वकर्माले भने : गगनसँग संवाद नै हुन सकेन « Khabarhub

वैशाखमै महाधिवेशन गर्ने देउवा समूहको तयारी, मीन विश्वकर्माले भने : गगनसँग संवाद नै हुन सकेन


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले पार्टीको विशेष महाधिवेशनअघि वैशाखमा तय भएको नियमित पन्ध्रौँ महाधिवेशनलाई नै अघि बढाउने तयारी गरेको छ ।

मंगलबारबाट काठमाडौंमा सुरू पार्टीको १४ औं महाधिवेशनबाट चुनिएको केन्द्रीय सदस्य, जिल्ला सभापतिहरु र उपत्यकामा उपलब्ध क्षेत्रीय सभापतिहरूको विस्तारित बैठकबाट वैशाखमा तय भएको महाधिवेशनलाई नै अघि बढाउने गरि कार्ययोजना बनाउने तयारी गरिएको हो ।

कांग्रेस नेता मीन विश्वकर्माले विशेष महाधिवेशनअघि वैशाखमा तय भएको महाधिवेशनको समय आइसकेको अवस्थामा त्यसलाई नै एकताको अधिवेशन बनाउने गरि छलफल हुने जानकारी दिए।

कांग्रेस सभापति गगन कुमार थापा नेतृत्वको कार्यसमितिले भने १५ औँ महाधिवेशन आगामी असोज गर्ने निर्णय यसअघि नै गरिसकेको छ ।

निर्वाचन आयोग र अदालतले गगन थापा नेतृत्वलाई वैधानिकता दिएपछि विशेष महाधिवेशनमा सहभागी नभएका नेताहरुलाई क्रियाशील बनाउदै परिचालन गरिने र सवैलाई समेटेर १५औँ महाधिवेशनलाई एकताको महाधिवेशन बनाउने गरी बैठकले आवश्यक निर्णय गर्ने विश्वकर्माले उल्लेख गरे ।

उनले पार्टीलाई एकताबद्ध गर्ने सवालमा आफूहरू निरन्तर छलफलमा रहे पनि सभापति थापा पक्षबाट संवादको बिन्दु नै प्रारम्भ हुन नसकेको बताए ।

विशेष अधिवेशन र नियमित अधिवेशन पक्षधरहरूलाई मिलाएर १५ औँ महाधिवेशनमा लैजानुपर्ने अहिलेको आवश्यकता रहेको उनले बताएका छन् ।

विस्तारित भेलाबाट निर्वाचनको समीक्षाका साथै निर्वाचनमा पराजयको कारण खोज्ने उनले बताए । विस्तारित बैठक तीन दिनसम्म लम्बिन सक्ने विश्वकर्माले जानकारी दिएका छन् ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  १ : ४३ बजे

ट्युनिसियालाई हराउँदै नेदरल्यान्ड्स समूह विजेता, नकआउट चरणमा मोरक्कोसँग भिड्ने

काठमाडौँ – खेलको सुरुवाती सात मिनेटभित्रै दुई गोल गरेपछि नेदरल्यान्ड्सले

आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस 

काठमाडौं- आज लागूऔषध दुरुपयोग तथा अवैध ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवस विभिन्न सचेतनामूलक

भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते

काठमाडौं – भेनेजुएलाको राजधानी काराकास आसपास केन्द्रबिन्दु बनाएर गएको दुई

रास्वपा उपसभापतिमा डा. स्वर्णिम वाग्लेको उम्मेदवारी, बिराजभक्त प्रस्तावक

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को चितवनमा जारी महाधिवेशनअन्तर्गत

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी नियम