सिक्किम पुगेका मोदीले लगाए ढाका टोपी, युवासँग खेले फुटबल « Khabarhub

सिक्किम पुगेका मोदीले लगाए ढाका टोपी, युवासँग खेले फुटबल


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सिक्किम भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चार हजार करोड भारु बराबरका विकास आयोजनाको सुरुवात गरेका छन् । भारतको राज्यका रूपमा सिक्किम गाभिएको ५० औँ वार्षिकोत्सवका अवसरमा राजधानी गान्तोकमा एक समारोहबीच प्रधानमन्त्री मोदीले सिक्किम र पूर्वोत्तर क्षेत्रका लागि चार हजार करोड भारु बराबरका विकास आयोजनाको उद्घाटन र शिलान्यास गरेका हुन् ।

गान्तोकस्थित पाल्जोर रंगशालामा आयोजित समारोहमा प्रधानमन्त्री मोदी नेपाली ढाका टोपीमा देखा परेका थिए । समारोहलाई सम्बोधन गर्दै उनले सिक्किमलाई ‘पूर्वको स्वर्ग’ को संज्ञा दिए ।

उनले राज्यमा कनेक्टिभिटी र पूर्वाधार विकास गर्नु आफ्नो सरकारको उच्च प्राथमिकतामा रहेको समेत उल्लेख गरे । उनले पूर्वोत्तर क्षेत्रमा ६ नयाँ क्रिकेट एकेडेमी स्थापना गर्ने घोषणा समेत गरेका छन् ।

राज्यमा पर्यटनको प्रचुर सम्भावना रहेको उल्लेख गर्दै उनले देशभरका नागरिकलाई सिक्किम भ्रमण गर्न र स्थानीय उत्पादन खरिद गरी ‘भोकल फर लोकल’ अभियानलाई साथ दिन आग्रह गरे ।

प्रधानमन्त्री मोदीले आयुष्मान भारत योजना अन्तर्गत गरिब तथा ७० वर्षभन्दा माथिका नागरिकलाई निःशुल्क स्वास्थ्य उपचार गर्नका लागि कार्ड वितरण भइरहेको जानकारी दिए ।

दुईदिने सिक्किम भ्रमणका क्रममा उनले गान्तोकका स्थानीय युवाहरूसँग फुटबल समेत खेलेका छन् । सामाजिक सञ्जाल ‘एक्स’ मार्फत फोटो शेयर गर्दै प्रधानमन्त्री मोदीले यसबाट आफूलाई ऊर्जा प्राप्त भएको जनाएका छन् ।

कार्यक्रममा प्रधानमन्त्री मोदीले पूर्वोत्तर राज्यलाई ‘अष्टलक्ष्मी’ को संज्ञा दिँदै सरकारले थालेका परियोजनाले नागरिकको जीवनस्तरमा ठूलो परिवर्तन ल्याउने अपेक्षा व्यक्त गरे ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ३ : ४३ बजे

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७