प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फको फाइनलमा « Khabarhub

प्रधानमन्त्री कप एनभीए भलिबल लिगमा महिलातर्फको फाइनलमा


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– न्यु डायमण्ड युथ स्पोर्टस क्लब प्रधानमन्त्री कप एनभीए महिला तथा पुरुष भलिबल लिगमा महिलातर्फको फाइनलमा पुगेको छ ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा मंगलबार विभागीय टोली एपीएफ क्लबलाई ३–१ को सेटमा हराउँदै न्यु डायमण्ड फाइनल पुगेको हो ।

लगातार चौथो जित दर्ता गर्ने क्रममा पहिलो सेट २५–२१ ले आफ्नो पक्षमा पारेको डायमण्डले दोस्रो सेट २०–२५ ले गुमाए पनि त्यसपछिका दुई सेट २५–१८ र २५–२१ ले आफ्नो पक्षमा पारेको हो । जीतसँगै १२ अंक जोडेको न्यू डायमण्ड शीर्ष स्थानमा छ । 

समान चार खेल खेलेको एपीएफको ६ अंक रहेको छ । त्यस्तै महिलातर्फको अर्को खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै त्रिभुवन आर्मी क्लबले पहिलो जित दर्ता गरेको छ । आर्मीले २५–१५, २५–१० र २५–५ ले खेल आफ्नो पक्षमा पारेको हो ।

त्यस्तै मंगलबार भएको पुरुषतर्फको खेलमा खिल्जी युवा क्लवले कोशी प्रदेश भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्‍यो । खेलमा खिल्जी २५–१९, २५–२० र २७–२५ ले बिजयी भएको हो ।

नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा क्लब च्याम्पियनसिपबाट छनोट भएका महिलातर्फका ६ र पुरुषतर्फका ८ टोलीले लिगमा प्रतिस्पर्धा गरिरहेका छन् । 

महिला र पुरुष दुवैतर्फको विजेताले १० लाख, दोस्रोले ५ लाख र तेस्रो टोलीले २ लाख ५० हजार रुपैयाँ प्राप्त गर्ने संघले जनाएको छ । 

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ५ : २४ बजे

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन

कोरलाबाट भित्रिएका ‘इभी’लाई गन्तव्यमा पुर्‍याउन सकस

मुस्ताङ– यही असोज ११ गतेको भारी वर्षाका कारण बाढीपहिरो र