जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस् « Khabarhub

जेन-जी मुभमेन्टले राष्ट्रपतिलाई भन्यो : संसद् जीवितै छ, अध्यादेश अस्वीकृत गर्नुस्


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेन-जी मुभमेन्ट नेपाल ले प्रस्तुत अध्यादेश अस्वीकृत गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आग्रह गरेको छ।

मुभमेन्टका प्रवक्ता विजय शाहले मंगलबार शीतल निवासलाई सम्बोधन गर्दै पठाएको पत्रमा हालै प्रतिनिधिसभा निर्वाचनबाट प्राप्त जनादेशको सम्मान गर्नुपर्ने उल्लेख गरिएको छ। पत्रमा अध्यादेशमार्फत् शासन चलाउने प्रयास लोकतान्त्रिक प्रक्रियाविपरीत हुने तर्क गरिएको छ।

‘अध्यादेश आपतकालीन उपाय हो, नियमित शासनको विकल्प होइन,’ पत्रमा संसद् सक्रिय रहेको अवस्थामा कार्यपालिकाले विधायिकालाई बाइपास गर्नु शक्ति पृथकीकरणको सिद्धान्तविपरीत हुने बताइएको छ।

मुभमेन्टले संवैधानिक परिषद्को प्रयोगबाट न्यायपालिकामा प्रभाव पार्ने सम्भावनाप्रति पनि गम्भीर चिन्ता व्यक्त गरेको छ।

त्यसैले राष्ट्रपतिले अध्यादेश स्वीकृत नग1री पुनर्विचारका लागि फिर्ता पठाउनुपर्ने माग गरिएको छ। यसरी अध्यादेश अस्वीकृत गरिए संस्थागत सन्तुलन कायम रहनुका साथै जनविश्वास मजबुत हुने मुभमेन्टको धारणा छ।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ७ : १३ बजे

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो

बूढीगण्डकीको बाढीले चुमनुब्रीका ३५ घर बगायो

गोरखा– गोरखाको चुमनुब्री गाउँपालिका–६ भएर बग्ने उङ्गिलुङ खोलाबाट आएको बूढीगण्डकीको