आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य « Khabarhub

आइपीएल : पञ्जाबले राजस्थानलाई दियो २२३ रनको लक्ष्य


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पञ्जाब किंग्सले आईपीएलको ४०औं खेलमा राजस्थान रोयल्सलाई २२३ रनको लक्ष्य दिएको छ। नयाँ चण्डीगढस्थित महाराजा यादवेन्द्र सिंह स्टेडियममा भएको खेलमा राजस्थानले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो।

पञ्जाब किंग्सले २० ओभरमा ४ विकेट गुमाउँदै २२३ रन बनायो। टोलीका लागि मार्कस स्टोइनिसले ६२ रनको उत्कृष्ट इनिङ्स खेले भने ओपनर प्रभसिमरन सिंहले ५९ रनको अर्धशतकीय पारी खेले। कप्तान श्रेयस अय्यरले ३० रन जोडे।

राजस्थानका बलरमध्ये यशराज पुंजाले ४ ओभरमा ४१ रन खर्चेर २ विकेट लिए। जोफ्रा आर्चर र नन्द्रे बर्गरले एक–एक विकेट हात पारे।

लक्ष्य पछ्याउँदै राजस्थानले पनि आक्रामक सुरुवात गरेको छ। दुई ओभरको समाप्तिमा बिना कुनै विकेट क्षति ३२ रन बनाएको छ। यशस्वी जयसवाल र वैभव सूर्यवंशी क्रिजमा छन्। वैभवले पहिलो ओभरमै अर्शदीप सिंहको बलमा एक छक्का र दुई चौका प्रहार गरेका थिए।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ९ : ५३ बजे

उत्तरी फिलिपिन्समा पहिरो : चार जनाको मृत्यु, छ बेपत्ता

मनिला– उत्तरी फिलिपिन्सको बागुइओ सहरमा पहिरोमा परी चार जनाको मृत्यु

वाणिज्य बैंकहरूको ५ वर्षको रेटिङ रिपोर्ट : स्ट्याण्डर्ड चार्टर्डको ‘ट्रिपल ए’ रेटिङ कायमै, केहीको साखमा गिरावट

काठमाडौं– नेपालको क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले नेपालका प्रमुख वाणिज्य

प्राचीन धर्मग्रन्थ संकलन गर्दै धार्मिक पुस्तकालय

बागमती– हेटौँडा उपमहानगरपालिका–१० स्थित गोरक्षेश्वर दिव्यधाम, राप्तीघाटस्थित संस्कृत वेद विद्यालयमा

विधि विज्ञान प्रयोगशाला प्रमुखका लागि स्नातकोत्तर अनिवार्य गर्ने सहमति

काठमाडौं– राष्ट्रिय विधि विज्ञान प्रयोगशालाको कार्यकारी निर्देशक पदमा नियुक्त हुन

पूर्वी चीनमा टाइफुन कमजोर भए पनि यातायात प्रभावित

बेइजिङ- टाइफुन ‘डल्फिन’ कमजोर हुँदै गए पनि पूर्वी चीनमा सोमबार भारी