दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय « Khabarhub

दक्षिण कोरियाकाअपदस्थ राष्ट्रपति दम्पतीमाथि दोहोरो सजाय


१५ बैशाख २०८३, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सियोल – दक्षिण कोरियामा सत्ताबाट हटाइएका राष्ट्रपति युन सुक योलसँग जोडिएको राजनीतिक पतन अझ गहिरिँदै गएको छ । अपील अदालतले उनकी श्रीमती किम केओन हीलाई थप भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै जेल सजाय बढाएको छ । यसअघि नै विद्रोहको आरोपमा युनलाई आजीवन कारावास सजाय सुनाइएको पृष्ठभूमिमा आएको यो निर्णयले पूर्व शासक दम्पतीको पतनलाई अझ नाटकीय बनाएको छ।

सियोल उच्च अदालतले मङ्गलबार किमको सजायलाई चार वर्षमा पुर्‍याउने निर्णय सुनाएको हो । यसअघि जनवरीमा जिल्ला अदालतले उनलाई २० महिनाको जेल सजाय सुनाएको थियो । त्यतिबेला उहाँमाथि युनिफिकेशन चर्चसँग राजनीतिक समर्थनका लागि सम्बन्ध राख्दै महँगा उपहार–ग्राफ डायमन्ड नेकलेस र च्यानल ब्याग–लिएको आरोप पुष्टि भएको थियो । यद्यपि, प्रथम महिला बन्नुअघि स्टक मूल्य हेरफेरमा संलग्न रहेको आरोपबाट भने उनले सफाइ पाएका थिए।

तर दुवै पक्षले गरेको अपिलपछि उच्च अदालतले थप प्रमाणका आधारमा अर्को च्यानल झोला प्राप्त गरेको र मूल्य हेरफेरमा संलग्न भएको ठहर गर्दै सजाय बढाएको हो । अदालतका अनुसार राष्ट्रपतिको निकटतम व्यक्तिका रूपमा किमले आफ्नो प्रभाव र पदको दुरुपयोग गर्दै व्यक्तिगत फाइदा उठाएका थिए, जसले सार्वजनिक विश्वासमा गम्भीर चोट पुर्‍याएको निष्कर्ष निकालिएको छ।

डिसेम्बर २०२४ मा युनले अचानक मार्सल ल घोषणा गरेपछि सुरु भएको राजनीतिक सङ्कटले अन्ततः उहाँको महाभियोग र पदच्युतिमा परिणत भएको थियो । त्यसयता युनमाथि विभिन्न आपराधिक मुद्दाहरू लागेका छन् । फेब्रुअरीमा सियोल केन्द्रीय जिल्ला अदालतले संसद् कब्जा गर्ने प्रयास, राजनीतिक विरोधीलाई पक्राउ गर्ने योजना र निरङ्कुश सत्ता स्थापना गर्न सेना तथा प्रहरी परिचालन गरेको अभियोगमा उनलाई विद्रोहको दोषी ठहर गर्दै आजीवन कारावास सजाय सुनाएको थियो ।

किम भने उक्त मार्सल ल प्रकरणमा प्रत्यक्ष संलग्न नभएको अनुसन्धानकर्ताहरूले स्पष्ट पारेका छन् । तर उनको नाम यसअघि नै विभिन्न घोटालासँग जोडिँदै आएको थियो, जसले युनको लोकप्रियतामा ठुलो गिरावट ल्याएको थियो र विपक्षीहरूलाई निरन्तर राजनीतिक आक्रमण गर्ने अवसर दिएको थियो ।

किम गत अगस्टदेखि हिरासतमा हुनुहुन्छ किनकि सियोल जिल्ला अदालतले प्रमाण नष्ट गर्न सक्ने सम्भावना देखाउँदै उहाँको पक्राउ आदेश स्वीकृत गरेको थियो । अहिलेको फैसलापछि उहाँ र स्वतन्त्र वकिल दुवैलाई सर्वोच्च अदालतमा अपिल गर्न एक साताको समय दिइएको छ । यसअघि स्वतन्त्र सल्लाहकार मिन जोङ–कीको टोलीले उहाँका लागि १५ वर्षसम्मको सजाय माग गरेको थियो, तर किमको पक्षले उक्त अनुसन्धानलाई राजनीतिक प्रेरित भनेको छ।

सियोल उच्च अदालतले आफ्नो फैसलामा सार्वजनिक पदसँग जोडिएको जिम्मेवारी र नैतिकताको स्तर उच्च हुने उल्लेख गर्दै किमले त्यस अनुरूपको आचरण देखाउन नसकेको ठहर गरेको छ । अदालतले उनले आफ्नो हैसियतको फाइदा उठाउँदै उपहार ग्रहण गरेको र त्यसले शासन प्रणालीप्रति जनविश्वास कमजोर बनाएको निष्कर्ष निकालेको छ।

यस घटनाक्रमले दक्षिण कोरियाको हालैको राजनीतिक इतिहासमा सत्ताको शिखरबाट कानूनी सङ्कटसम्मको तीव्र पतनको उदाहरण प्रस्तुत गरेको विश्लेषकहरू बताउँछन्।

प्रकाशित मिति : १५ बैशाख २०८३, मंगलबार  ९ : ५९ बजे

पुँजीगत खर्चको १ प्रतिशत नवप्रवर्तनमा छुट्याउन मन्त्री पुनको आग्रह

काठमाडौं– विज्ञान तथा नवप्रवर्तनमन्त्री महावीर पुनले प्रदेश तथा स्थानीय सरकारलाई

शान्ति सम्झौता हुन लागेको ट्रम्पको दाबीलाई इरानले नकारिदियो, कुनै सहमति नभएको जवाफ

तेहरान- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग ठूलो सम्झौता भएको भनेर

हर्कले रक्षामन्त्री खोज्दै संसद‍्बाट उठाए प्रश्न, ‘सेनाले सिमानामा जानै नहुने के कसम खाएको रहेछ ?’

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले प्रधानमन्त्री वालेन्द्र शाह

स्वर्णिमलाई घेर्दै वर्षमानले भने : मेरो पनि फाइल खोल्नू, करका दर हेरफेरबारे छानबिन हुनुपर्छ

काठमाडौं- प्रतिनिधिसभा बैठकमा नेकपाका सांसद तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले आर्थिक

पशुपालनका निम्ति गोठ निर्माण गर्न अनुदान

मुग्लिन– चितवनको इच्छाकामना गाउँपालिकाले किसानलाई व्यावसायिक पशुपालनमा आकर्षित गर्न अनुदान