डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु « Khabarhub

डडेल्धुरामा सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– सुदूरपश्चिम प्रदेशस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता डडेल्धुरामा आजदेखि सुरु भएको छ ।

शनिबारसम्म जारी रहने प्रतियोगिताको आज सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकासमन्त्री मेघराज खड्काले शुभारम्भ गरे ।

सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा राष्ट्रपति रनिङ शिल्डको १६ औँ संस्करण आज बिहानदेखि सुरु भएको हो ।

६ खेल समावेश प्रतियोगितामा नौवटै जिल्लाका करिब ९०० खेलाडी सहभागी छन् ।

विगतमा कञ्चनपुर र कैलालीमा मात्रै प्रदेशस्तरको रनिङ शिल्ड आयोजना हुँदै आएकामा पहिलोपटक डडेल्धुरामा प्रतियोगिता आयोजना भएको हो ।

सहभागी खेलाडी तथा अन्य व्यवस्थापन प्रदेश खेलकुद परिषद्ले गरेको छ । प्रतियोगिताअन्तर्गत पुरुष तथा महिला भलिबल, पुरुष तथा महिला कबड्डी, उसु, कराते, तेक्वान्दो र एथ्लेटिक्स खेलमा प्रतिस्प्रर्धा हुँदैछ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  १० : ४७ बजे

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

यस वर्षको बडादसैँ आज सकिँदै, धनधान्यकी देवी महालक्ष्मीको पूजा आराधना गरिँदै

काठमाडौँ– नेपालीले भव्यरुपमा मनाउने दुर्गा पक्ष अर्थात् बडादशैँ पर्व आजदेखि

पोलियो अन्त्यको सन्देश बोकेर सम्पदा स्थलमा साइकल यात्री

काठमाडौँ– विश्व पोलियो दिवसको अवसरमा शनिबार काठमाडौँ उपत्यकाका सातवटा विश्व

मानमानेश्वरी भवानीको खड्ग जात्रा सम्पन्न

ललितपुर– पाटनमा मानमानेश्वरी भवानीको ‘पायो’ अर्थात् खड्ग जात्रा सम्पन्न भएको

आइतबार सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक ८ गते आइतबार सन् २०२६