तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ « Khabarhub

तनहुँमा छोरी हत्या अभियोगमा आमा पक्राउ


१४ जेष्ठ २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

तनहुँ – तनहुँको शुक्लागण्डकी नगरपालिका–३ सिद्धार्थ टोलमा ३१ दिनको छोरीलाई खाल्डोमा पुरेर हत्या गरेको अभियोगमा प्रहरीले एक महिलालाई आज पक्राउ गरेको छ । पक्राउपर्नेमा स्याङ्जाको पुतलीबजार नगरपालिका घर भई सिद्धार्थ टोलमा डेरा गरी बस्ने ३७ वर्षीया मैना थापा रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

निजले प्रिन्सीका थापालाई घरबेटीको करेसाबारीमा खाल्डो खनेर पुरेको अवस्थामा उनका श्रीमान् ३६ वर्षीय गोपाल थापाले फेला पारेका थिए ।

उनले तत्काल शिशुलाई खाल्डोबाट निकालेर उपचारका लागि तनहुँ सेवा अस्पताल दुलेगौँडा पुर्‍याएका थिए । अस्पतालमा चिकित्सकले जाँच गर्दा साँझ ५ः४५ बजे शिशुलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी निरीक्षक दीपककुमार कार्कीले जानकारी दिए ।

घटनाबारे सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरी टोलीले मैना थापालाई नियन्त्रणमा लिएको थियो । प्रहरीका अनुसार पक्राउ परेकी थापाले ‘डिप्रेसन’ को औषधि सेवन गर्दै आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८३, बिहिबार  ९ : २१ बजे

गोरखा दरबारबाट हनुमानढोकामा फूलपाती पठाइयो (तस्बिरहरू) 

गोरखा- बडादसैँको सातौँ दिन शनिबार गोरखा दरबारको दसैँघरबाट फूलपातीसहितको डोली काठमाडौँस्थित

सेती नदीमा निर्माणाधीन दुई पुलको ७० प्रतिशत काम पूरा

कास्की– सेती नदीमाथि निर्माणाधीन दुईवटा पक्की पुलको करिब ७० प्रतिशत काम

धार्मिक आस्था र भाकलमा अडिएको सुदूरको दसैँ

दसैँ उत्सव देशभर सुरु भएको छ । सानो नेपालको ठुलो

दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल

काठमाडौँ – चाडपर्वका समयमा मासु, चिल्लो पदार्थ, मिठाई, मदिरा तथा

दसैँको शुभकामना दिँदै बालेन लेख्छन्- गाउँघर उजाडिने नियति बदल्न हातेमालो गराैँ

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले देशलाई सुशासन र समृद्धिको मार्गमा