उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले « Khabarhub

उत्पादन वृद्धि र नयाँ लगानीमा सरकारले जोड दिएको छ : अर्थमन्त्री वाग्ले


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले उत्पादन क्षमतामा बृद्धि, व्यवसाय विस्तार र नयाँ लगानीमा सरकारको जोड रहेको बताएका छन् । 

मंगलबार मन्त्रालयमा नेपालमा उत्पादनमूलक उद्योग सञ्चालन गर्दै आएका उद्योगीहरूसँग छलफल गर्दै अर्थमन्त्री वाग्लेले देशमा सञ्चालनमा रहेका उत्पादनमूलक उद्योगहरूको क्षमता पूर्ण रूपमा उपयोग गर्ने, व्यवसाय विस्तारका लागि आत्मविश्वास बढाउने र नयाँ उद्योग तथा लगानीको वातावरण सिर्जना गर्ने लक्ष्यका साथ सरकार अघि बढिरहेको बताएका हुन्।

उत्पादन क्षमता, व्यवसाय विस्तार र नयाँ लगानीमा सुधार आए आर्थिक वृद्धि, रोजगारी, राजस्व र निर्यात स्वतः बढेर जाने उनले बताए । 

उनले सरकारले आफैँ व्यापार/उद्योग चलाउनुभन्दा पनि उद्योग संचालन र विस्तारका लागि अनुकूल वातावरण बनाउनेमा ध्यान केन्द्रित गरेको धारणा राखे । 

मन्त्री वाग्लेले उत्पादन लागत बढ्नुको कारण, लगानी आउन नदिनुका कारण, कानुनी वा प्रशासनिक जटिलताहरू जस्ता विषयहरू प्रतिवेदनमा मात्र सीमित नराखी व्यवहारिक रुपमा समाधान गर्ने प्रतिबद्धता समेत जनाए । 

त्यस्तै उनले बजेटमार्फत घोषणा गरिएका आर्थिक सुधारहरूको कार्यान्वयन पनि तीव्र गतिमा अघि बढिरहेको भन्दै आवश्यक कानुनी संशोधन, नियमावली, कार्यविधि तथा संस्थागत सुधारलाई समयबद्ध तालिका अनुसार कार्यान्वयन गरिने जनाए ।

पुँजीगत खर्चको गति बढाउने, आयोजना कार्यान्वयनलाई तीव्र बनाउने, पुँजी बजार र वित्तीय क्षेत्र सुदृढ गर्ने काम समानान्तर रूपमा अघि बढिरहेका उनको भनाइ छ । 

उनले उत्पादन, लगानी र उद्यमशीलताबाट स्वाभिमानी र समृद्ध नेपालको निर्माण सबैको साझा लक्ष्य भएको उल्लेख गरे । 

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  २ : ०६ बजे

निर्वाचन प्रहरी कपडा खरिद प्रकरण : मनिष झाको नेतृत्वमा ९ सदस्यीय अध्ययन समिति गठन

काठमाडौं– संसद्को सार्वजनिक लेखा समितिले निर्वाचन (म्यादी) प्रहरीको कपडा खरिदमा

जुम्लामा चाडपर्व लक्षित गरी ५० क्विन्टल चिनी ल्याउँदै

जुम्ला– जुम्लास्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले आगामी दसैँ

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडक राज पौडेलले विगतदेखि नै

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि