गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन « Khabarhub

गुणस्तर मापदण्ड नपुगेको उच्च रक्तचापको औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन


१३ श्रावण २०८३, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– औषधि व्यवस्था विभागले गुणस्तर परीक्षणमा असफल भएको उच्च रक्तचाप नियन्त्रणमा प्रयोग हुने एक औषधि बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिएको छ ।

विभागले सोमबार जारी गरेको सूचना अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको एमफास्ट–एल नामक औषधिको नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा निर्धारित गुणस्तर मापदण्ड पूरा नगरेको पाइएको हो ।

विभागका अनुसार उक्त औषधिको खेप नम्बर ०२५०७९ रहेको छ । यो औषधि जुन २०२५ मा उत्पादन भई मे २०२७ सम्म प्रयोगयोग्य रहने उल्लेख गरिएको छ । परीक्षणका क्रममा औषधिले घुलनशीलता परीक्षणसम्बन्धी आईपी–२०२६ मापदण्ड पूरा नगरेको पाइएको विभागले जनाएको छ । 

त्यसैले औषधि ऐन, २०३५ को दफा १४ बमोजिम उक्त खेपको बिक्री–वितरण रोक्का गरी बजारबाट फिर्ता गर्न सम्बन्धित उत्पादक तथा प्रतिनिधिलाई निर्देशन दिइएको छ । सूचनाअनुसार उक्त औषधि भेगा औषधि उद्योग प्रालि, बुङमती–२, ललितपुरले उत्पादन गरेको हो ।

विभागले स्वास्थ्यकर्मी, औषधि व्यवसायी तथा सर्वसाधारणलाई उक्त खेप नम्बरको औषधि सिफारिस, बिक्री–वितरण तथा प्रयोग नगर्न आग्रह गर्दै बजारमा उपलब्ध भएमा सम्बन्धित निकायलाई जानकारी गराउन अनुरोध गरेको छ ।

प्रकाशित मिति : १३ श्रावण २०८३, बुधबार  ४ : ०७ बजे

चोलेन्द्र शमशेर रिहा, एसएसपी खड्का भन्छन्- ‘सुरक्षित ठाउँमा पठाएका छौँ’

काठमाडौं– पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई अपराध अनुसन्धान कार्यालय, टेकुबाट अन्यत्र

माइडियाको दसैँ विशेष योजना : ३७ हजार ७०० सम्म क्यासब्याक र आकर्षक उपहार

काठमाडौं- नेपालीहरूको महान् चाड दसैँलाई लक्षित गर्दै माइडियाले विशेष उत्सव

चोलेन्द्र भेट्न गएको आयोगको टोलीलाई प्रहरीले कार्यालयमै दिएन प्रवेश

काठमाडौं– हिरासतमा रहेका पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न गएको राष्ट्रिय

हर्मुज जलडमरूमध्ये खोल्ने इरानी प्रस्ताव ट्रम्पद्वारा अस्वीकृत, इरान आधिकारिक प्रतिक्रियाको पर्खाइमा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानको हर्मुज जलडमरूमध्ये खोल्ने प्रस्ताव

भक्तपुरको राष्ट्रिय प्राणी उद्यान प्रदेश सरकारले बनाउने

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले सङ्घीय सरकारबाट अनुरोध भएमा