ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ « Khabarhub

ललितपुर र धनकुटाबाट १९ जना जुवाडे पक्राउ


१३ आश्विन २०८३, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

ललितपुर– ललितपुर महानगरपालिका-४ बागडोलबाट जुवातास खेलिरहेको अवस्थामा काठमाडौं महानगरपालिका-११ घर भएकी ५९ वर्षीया लक्षणा राणासमेत ७ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग सानेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४६ हजार ५० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

त्यसैगरी धनकुटाको चौबिसे गाउँपालिका-२ डाँडागाउँबाट जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका-२ बस्ने ३६ वर्षीय इमा मगरसमेत १२ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

प्रहरी चौकी मुढेवासबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २ लाख ३६ हजार २ सय ५० रूपैयाँ र २१ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलबार  १ : ४३ बजे

‘छत्तीसको आँकडा’ को प्रदर्शन मिति घोषणा

काठमाडौं– नेपाली फिल्म क्षेत्रमा अभिनेत्री रेखा थापा र निर्देशक सबिर

एपेनद्वारा बाढीपीडितका लागि ११ लाखभन्दा बढी राहत

काठमाडौं – एसोसिएसन अफ प्रिस्कुल एजुकेटर्स इन नेपाल (एपेन) ले

नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक बुधबार

काठमाडौं– नेपाल–क्यानडा संसदीय मैत्री समूहको बैठक भोलि बुधबार बस्ने भएको

देउवा समूहमा भित्रिए दीपक मनाङे, मनाङको जिम्मेवारी पाए

काठमाडौं– गण्डकी प्रदेशका पूर्वमन्त्री दीपक मनाङे नेपाली कांग्रेसको पूर्वसभापति शेरबहादुर

एमालेले भन्यो- सरकारले ६ महिनामा नयाँ परिणाम दिन सकेन

काठमाडौं– नेकपा एमालेका सांसद गुरु बरालले वर्तमान सरकारको ६ महिनाको