बागमतीलाई हराउँदै महिला क्रिकेटको फाइनलमा एपीएफ, स्वर्णका लागि आर्मीसँग भिड्ने « Khabarhub

बागमतीलाई हराउँदै महिला क्रिकेटको फाइनलमा एपीएफ, स्वर्णका लागि आर्मीसँग भिड्ने


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – दशौँ राष्ट्रिय खेलकुदअन्तर्गतको महिला क्रिकेटमा बागमती प्रदेशलाई ४१ रनले पराजित गर्दै नेपाल एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ।

सुर्खेतमा सम्पन्न दोस्रो सेमिफाइनलमा एपीएफले प्रस्तुत गरेको १ सय ३७ रनको लक्ष्य पछ्याउने क्रममा बागमती निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९५ रनमै समेटियो।

बागमतीका लागि हेलिशा गुरुङले ४३ बलमा ४१ रन बनाउँदा लक्ष्मी माया रुम्बा लामाले २८ बलमा १८ रन र एली यादवले ९ बलमा १० रन जोडे।

एपीएफको बलिङमा अश्मिना कर्माचार्यले ४ ओभरमा २६ रन खर्चेर २ विकेट लिइन् भने संस्कृति फुयाल, पूजा साउद, राजमती ऐरी र सुमन विष्टले समान १–१ विकेट हात पारे।

यसअघि पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा ४ विकेट गुमाएर १ सय ३६ रन बनाएको थियो। एपीएफका लागि रोमा थापाले ६२ बलमा अविजित ७१ रन र राजमती ऐरीले ३९ बलमा ४६ रनको महत्त्वपूर्ण योगदान दिए भने रेवती धामीले १३ बलमा १२ रन बनाइन्। बागमतीका सीता राना मगर र करुणा भण्डारीले समान २–२ विकेट लिए।

स्वर्ण पदकका लागि हुने उपाधि भिडन्तमा अब एपीएफले आर्मी क्लबको सामना गर्नेछ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ६ : ०१ बजे

इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान

काठमाडौँ– इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एनआरएनएविरुद्ध आर्मीको जित

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन

उद्धव थापाले राजेन्द्र लिङ्देनलाई भने- नेतृत्व छाड्नूस्, नत्र महाधिवेशनमा पराजित गर्छौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशसभा संसदीय दलका नेता

बागमतीलाई हराउँदै महिला क्रिकेटको फाइनलमा एपीएफ, स्वर्णका लागि आर्मीसँग भिड्ने

काठमाडाैँ – दशौँ राष्ट्रिय खेलकुदअन्तर्गतको महिला क्रिकेटमा बागमती प्रदेशलाई ४१

वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्न लागेका छौँ : श्रममन्त्री

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐनमा