दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एनआरएनएविरुद्ध आर्मीको जित « Khabarhub

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एनआरएनएविरुद्ध आर्मीको जित


१३ मंसिर २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन आर्मी क्लब विजयी भएको छ । आर्मीले एनआरएनएलाई ५६ रनले पराजित गरेको छ ।

सुर्खेतस्थित क्रिकेट मैदानमा सम्पन्न खेलमा आर्मीले दिएको १३१ रनको लक्ष्य पछ्याएको एनआरएनएले १५ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ७४ रन बनायो । एनआरएनएका लागि पवन खरेलले १६ बलमा सर्वाधिक १३ रन बनाए ।

त्यसैगरी, विकास खड्काले ११ बलमा १२ रन बनाए भने सुनिल दौल्याल र आयुष्मान बमले समान १० रन जोडे ।

बलिङतर्फ आर्मीका तिलक राज भण्डारी र पवन कार्कीले समान ३ विकेट लिए । नरेन साउदले २ विकेट लिँदा सोमपाल कामी र कुशल मल्लले समान १ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३० रन बनायो । आर्मीका लागि तृतराज दासले सर्वाधिक ४२ रन बनाए । ३६ बलको सामना गरेका उनले ६ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै, बसिर अहमद र भीम सार्कीले समान २७ रन बनाए ।

बलिङतर्फ एनआरएनएका नवीन तामाङले ३ विकेट लिए भने कमलसिंह ऐरीले २ तथा अनिल खरेल, सचिन शर्मा र सुनिल दौल्याले समान १ विकेट लिए ।

प्रकाशित मिति : १३ मंसिर २०८३, आइतबार  ६ : ०६ बजे

इन्टरपोल महासभामा सहभागी हुन एआइजी शाह नेतृत्वको टोली चीन प्रस्थान

काठमाडौँ– इन्टरपोलको ९४औँ महासभामा सहभागी हुन प्रहरी अतिरिक्त महानिरीक्षक सिद्धी

दशौँ राष्ट्रिय खेलकुद : पुरुष क्रिकेटमा एनआरएनएविरुद्ध आर्मीको जित

काठमाडौं- कर्णालीमा जारी दशौँ राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटमा त्रिभुवन

उद्धव थापाले राजेन्द्र लिङ्देनलाई भने- नेतृत्व छाड्नूस्, नत्र महाधिवेशनमा पराजित गर्छौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बागमती प्रदेशसभा संसदीय दलका नेता

बागमतीलाई हराउँदै महिला क्रिकेटको फाइनलमा एपीएफ, स्वर्णका लागि आर्मीसँग भिड्ने

काठमाडाैँ – दशौँ राष्ट्रिय खेलकुदअन्तर्गतको महिला क्रिकेटमा बागमती प्रदेशलाई ४१

वैदेशिक रोजगार ऐनमा व्यापक संशोधन गर्न लागेका छौँ : श्रममन्त्री

काठमाडौं– युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगार ऐनमा