ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन « Khabarhub

ओलीले भने : कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


87
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सरकारले आजको दिनसम्म पनि निर्वाचन निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित ढंगले सम्पन्न गर्ने वातावरण बनाउन नसकेको निष्कर्ष निकालेका छन् ।

पार्टीले आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको सन्दर्भमा घोषणापत्र तयार गर्न विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग सुझावका लागि छलफलका क्रममा ओलीले यस्तो धारणा राखेको आमनिर्वाचन–२०८२ प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए ।

उक्त छलफलमा अध्यक्ष ओलीले एमालेले हाल भइरहेका राज्यका संयन्त्रका गतिविधि र कामबारे नजिकबाट नियालेर यस्तो निष्कर्ष निकालेका हुन् ।

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमानको रक्षा समर्पणबाट हुन नसक्ने उल्लेख गर्दै ओलीले यसका रक्षाका लागि प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने बताएको शाहीले जनाए । ओलीको भनाइबारे शाहीले भने, ‘कुनै पनि आत्ममर्पण स्वीकार्य हुँदैन।’

एमालेले देशलाई पहिलो प्राथमिकतामा राखेर मुलुकको समृद्धि, सुशासन, दिगो विकासमार्फत नेपाली जनताको समृद्धि र सुखको चाहनालाई पूरा गर्ने गरि घोषणापत्रको तयारी गरेको पनि उनले बताए ।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : ५३ बजे

कर्णालीका मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

कर्णाली– कर्णाली प्रदेशसभाको बैठक आज बस्दैछ । बैठकमा सरकारका मुख्यमन्त्री

‘मास्टर्नी’बाट प्रियंकाको नयाँ परीक्षा

काठमाडौँ- करिअरको प्राइमपछि छायामा पर्दै गर्दा फिल्म निर्माणमा होमिने नायिकामा

गण्डकीको आन्तरिक राजस्व संकलन लक्ष्यभन्दा कम

पोखरा– गण्डकी प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२–८३ मा आन्तरिक

भेरी अस्पतालमा चिकित्सकीय प्रणालीसँगै अभिलेखीकरण सुरु

नेपालगञ्ज– भेरी अस्पताल, नेपालगञ्जमा उपचारसँगै अध्ययन र अनुसन्धानका लागि नयाँ

एक महिनामा ६७ फरार प्रतिवादी फक्राउ

गण्डकी– कास्कीमा गत साउन महिनामा ६७ जना फरार प्रतिवादी पक्राउ