ओलीको निष्कर्ष : सरकारका गतिविधि ठिक छैनन्, निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन « Khabarhub

ओलीको निष्कर्ष : सरकारका गतिविधि ठिक छैनन्, निष्पक्ष निर्वाचनको वातावरण बनाउन सकेन


१५ माघ २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि घोषणापत्र तयारीका क्रममा विभिन्न विषयगत क्षेत्रका विज्ञहरूसँग छलफल गरेको छ।

पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित छलफलमा एमाले अध्यक्ष केपी शर्मा ओलीले घोषणापत्रका प्राथमिकताका विषयमा धारणा राखेका थिए।

उनले एमाले सुदृढ संगठन, व्यापक जनमत र लोकप्रिय पार्टीका रूपमा स्थापित रहेको उल्लेख गर्दै भूकम्पपछिको पुनर्निर्माणलाई पार्टीले उदाहरणीय रूपमा सफल बनाएको दाबी गरे।

अध्यक्ष ओलीले गत भदौमा भएका घटनाले राष्ट्रियता, लोकतन्त्र र संविधानमा पुर्‍याएको क्षतिको पुनर्निर्माण, राष्ट्रिय सुरक्षा र सुदृढ राष्ट्रिय एकता कायम गर्न एमालेले उच्च मनोबलका साथ नेतृत्व प्रदान गर्ने बताए।

सरकारले हालसम्म निष्पक्ष, स्वतन्त्र र धाँधलीरहित निर्वाचनको वातावरण बनाउन नसकेको आरोप लगाउँदै उनले राज्यका संयन्त्रका गतिविधि र कामकारबाहीलाई पार्टीले नजिकबाट नियालिरहेको बताए।

राष्ट्रियता, सार्वभौमिकता, राष्ट्रिय सुरक्षा र स्वाभिमान आत्मसमर्पणबाट जोगिन नसकिने उल्लेख गर्दै अध्यक्ष ओलीले आवश्यक परे प्रतिरोध, प्रतिवाद र प्रतिरक्षा गरिने स्पष्ट पारे। कुनै पनि किसिमको आत्मसमर्पण स्वीकार्य नहुनेमा उनले जोड दिए।

एमालेले देशलाई पहिलो प्राथमिकतामा राख्दै समृद्धि, सुशासन र दिगो विकासमार्फत नेपाली जनताको सुख र समृद्धि सुनिश्चित गर्ने गरी घोषणापत्र तयार गरिरहेको जनाएको छ।

पार्टीले पाँच वर्षभित्र ठोस उपलब्धि हासिल गर्न सकिने व्यावहारिक कार्यक्रम समेटेर घोषणापत्र ल्याउने तयारी गरेको प्रचार संयोजक मीनबहादुर शाहीले जानकारी दिए।

प्रकाशित मिति : १५ माघ २०८२, बिहीबार  ५ : ५८ बजे

सङ्खुवासभाको रिताक केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं– सङ्खुवासभाको रिताक आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।

मकवानपुरको मनहरीमा बस दुर्घटना : २२ यात्रु घाइते

काठमाडौं – पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरीमा बस दुर्घटना भएको छ

माध्यमिक परिक्रमाको सातौँदिन : ध्रुवकुण्ड पुग्दै यात्री

महोत्तरी– १५ दिने मिथिला माध्यमिकी परिक्रमाका यात्री आज सातौँ दिन

मणिका धाममा फागुन १३ र १४ गते परम्परागत मेला लाग्ने

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–८ स्थित धार्मिक तथा पर्यटकीय क्षेत्र मणिका

नेपालगञ्ज भन्सार : सात महिनामा लक्ष्यको ४५ प्रतिशत राजस्व सङ्कलन

बाँके– नेपालगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको सात महिनामा लक्ष्यको