महावीर पुनले किताब बेचेरै कमाए १८ करोड ५७ लाख रूपैयाँ « Khabarhub

महावीर पुनले किताब बेचेरै कमाए १८ करोड ५७ लाख रूपैयाँ


१६ बैशाख २०८३, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधि सभामा स्वतन्त्र सांसद महावीर पुनले आफ्नो आत्मकथासम्बन्धी किताब बेचेरै अहिलेसम्म १८ करोड ७५ लाख रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

म्याग्दीबाट प्रतिनिधि सभामा स्वतन्त्र प्रतिनिधित्व गरिरहेका उनले बुधबार सार्वजनिक गरेको सम्पत्ति विवरणमा आफ्नो आत्मकथासम्बन्धी किताब ‘महावीर पुन’ हालसम्म २ लाख ५० हजार प्रति बेचिसकेको खुलाएका हुन् ।

उनले सार्वजनिक गरेको उक्त विवरणअनुसार हालसम्म किताब बेचेर १८ करोड ७५ लाख रूपैयाँ सार्वजनिक भएको छ।

पुनको आत्मकथासम्बन्धी किताबको मूल्य ७ सय ५० रुपैयाँ राखिएको छ। जसअनुसार उनको किताबले हालसम्म १८ करोड ७५ लाख रुपैयाँ बटुल्न सफल भएको हो ।

‘मैले आफैँले लेखेको मेरा आत्मकथासम्बन्धी पुस्तक (नेपालीमा) हाल सम्म २ लाख ५० हजार प्रति बेचेर आएको सम्पूर्ण पैसा मैने राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखानाको बैंक खातामा जम्मा गरेको छु’, उनले भनेका छन्, ‘किताब बिक्री गरेर आएको रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्न राष्ट्रिय आविष्कार केन्द्रको खातामा जम्मा गरिरहेको छु । आउँदो दिनमा पनि किताब बिक्रीको रकम त्यही खातामा जम्मा गर्नेछु ।’

पुनले देशभर घुमेर उक्त पुस्तक बेचेका हुन्। उनी पुस्तक बिक्री गर्दै देशभका हिमाली, पहाडी र तराईका प्राय: अधिकांश जिल्ला घुमिसकेका छन् । फागुन २१ को निर्वाचनमा विजयी भए पनि संसद् नचलेको अवस्थामा उनी किताब बेच्न सहरका चोकचोकमा पुगि जान्छन्।

सामाजिक सञ्जालमा भाइरल पुनले किताब बेच्ने क्रममा आफ्ना शुभेच्छुक र युवा-युवतीसँग हुने विवादका कारण चर्चामा आइरहन्छन् ।

अन्तरिम सरकारमा शिक्षा मन्त्री भएका उनी आफूले अघि बढाएका कानुन मन्त्रिपरिषद्मा अड्किएपछि राजीनामा दिएर चुनाव लड्न गृहजिल्ला म्याग्दी पुगेका थिए।

प्रकाशित मिति : १६ बैशाख २०८३, बुधबार  १ : ३७ बजे

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व

दयाहाङ–सौगातभन्दा मुकुन अगाडि, स्वस्तिमाले देखाइन् स्टारडम

काठमाडौं – दुई डिमान्डेड नायकहरू दयाहाङ राई र सौगात मल्ललाई

मगर समुदायले काठमाडौंमा मनाए भूमे पर्व (तस्बिरहरू)

काठमाडौं– मगर समुदायले भूमे अर्थात् प्रकृतिको पूजाआजा गर्दै मनाउने पर्व