जेठ १५ गणतन्त्र दिवस मनाउँदै गर्दा यसका उपलब्धीहरु भने देशैभरि छताछुल्ल भएका छन्, गणतान्त्रिक शासन व्यवस्था सुदृढ भन्न सक्ने अवस्था छैन । सशस्त्र विद्रोहबाट आएको गणतन्त्रले देशको जिम्मेवार निकाय सिंहदरबारलाई सुरक्षित राख्न सकेन । राणा शासनमा सुरक्षित रहेको सिंहदरबार पछिल्लो समय गणतन्त्र आगमन पछि केन्द्रीय अन्य कुनै संरचनाहरुलाई सग्लो राख्न सकेन ।
कार्यकारी प्रमुख बस्ने बालुवाटार असुरक्षित भई प्रधानमन्त्री नै हेलिकोप्टर चढेर भाग्नुपर्ने अवस्था आयो । राष्ट्राध्यक्ष रामचन्द्र पौडेलले गर्वकासाथ ‘जुक्ति’ले संविधान जोगाएको त बताए । तर संविधान बाहिर गएर प्रधानमन्त्रीमा सुशीला कार्कीको चयनपछि भएको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टीले दुई तिहाईको मत प्राप्त गरी सिंहदरबारको ताला साँचो हात पार्न सफल भयो ।
विद्या भण्डारी राष्ट्रपति छँदा नागरिकता विधेयक रोकिएको सन्दर्भ खाटा बसेको छैन । प्रधानमन्त्री केपी ओली छँदा गरिएका शिफारिस तत्काल एक्सनमा लैजाने अरु एजेण्डाप्रति निरपेक्ष रहने विद्याको राष्ट्रपतीय भूमिका त्यही बखत सडक र संसदमा बहस भएकै हो । आज तिनै विद्या एमालेको पार्टी राजनीतिमा खुम्चिएकी छन् । उनले पूर्वराष्ट्राध्यक्षको त्यो गुरुत्तर दायित्व निभाउन सकिनन । राष्टृ प्रमुखको गरिमा नराखी दल प्रवेश गर्नेले दलहित बाहेक अरु काम ग¥यो होला सजिलै आंकलन गर्न सकिन्छ ।
विद्या भण्डारी राष्ट्रपति छँदा नागरिकता विधेयक रोकिएको सन्दर्भ खाटा बसेको छैन । प्रधानमन्त्री केपी ओली छँदा गरिएका शिफारिस तत्काल एक्सनमा लैजाने अरु एजेण्डाप्रति निरपेक्ष रहने विद्याको राष्ट्रपतीय भूमिका त्यही बखत सडक र संसदमा बहस भएकै हो ।
यसपटकको संसदीय चुनावले पुराना दलहरु प्रायसबैलाई विदा गरेको छ । यद्यपि गणतन्त्रकै जमिनमा यो सरकारको निर्माण भएको हो । प्रधानमन्त्री बालेन्द्र शाह संसदमा नदेखिनु , उनको उपस्थितिलाई लिएर प्रमुख प्रतिपक्षीले संसदीय कारवाहीमा अवरोध गर्नु जस्ता दृश्यले कतै यो सरकारको निष्ठा संघीय गणतान्त्रिक शासन व्यवस्थाप्रति धर्मराएको पो छ कि ? भन्ने प्रश्न पनि उठ्ने गरेको छ । यसबाहेक जेठ १५ मा प्रधानमन्त्री मूल आयोजक भएर सम्पन्न गरिने गणतन्त्र दिवसको कार्यक्रममा प्रधानमन्त्री बालेनले आफू बोल्न अरुचि देखाएर राष्ट्रपति रामचन्द्र पौडेललाई त्यो दायित्व सुम्पिनुले आगोमा पेट्रोल छर्किने काम भएको छ ।
व्यवस्था आफैंमा राम्रो नराम्रो हुँदैन । विश्वमा राजतन्त्रात्मक मुलुक स्वर्ग बनेर उदाएका छन्, जनताले चुनेका जनप्रतिनिधिले चलाएको गणतान्त्रिक व्यवस्थामा जनताको भाग्य, भविष्य चुर्लुम्म डुबेको छ । जब व्यवस्थालाई दलीय स्वार्थ, व्यक्तिगत आकांक्षासंग समायोजन गरिन्छ, त्यसपछि जनताको भाग्य, भविष्य भड्खालोमा पर्दै जान्छ ।
गणतन्त्रमा नेताहरुले राज्यकोषलाई आफू अनुकूल चलाए । ठूलाबडाको औषधी खर्च राज्यबाट असुलियो । अवकासप्राप्त ठूलाबडा फेरि नेताको फेरो समाएर राजनीतिक नियुक्ति खान पुगे । अदालतबाटै फैसला भएर उनीहरु राज्यबाट दोहोरो सुविधा लिन थाले । घरभाडा, सुरक्षा, इन्धन, नयाँ सवारीका नाममा वेपर्वाह करोडौं खर्च गरियो । यस्ता खर्चको इमान्दारपूर्वक अडिट भएन । सानालाई ऐन, ठूलालाई चैनको खाल्डो झन्झन् बढ्न थाल्यो । सानाभन्दा साना न्यायका लागि नागरिक माइतीघर मण्डलामा आएर धर्ना दिनुपर्ने विधि विधान रोकिएन ।
गणतान्त्रिक शासन व्यवस्था आम नेपाली नागरिकको अभिभावक बन्न नसक्दा यो परिणाम आएको बुझ्न कठिन छैन । बरु यसले लहत्तीकरण गरी खाडीमा भेडा चराउन जानेहरुको संख्या झन्झन् बढ्यो ।
विदेशबाट प्राप्त विप्रेषणआर्थिक रुपान्तरणका लागि प्रयोग नगरी उपभोगमुखी अर्थतन्त्र चलाएर भागबण्डामा व्यतीत गर्दै रह्यो । गणतन्त्रले देशलाई ‘ग्रे लिष्ट’मा मात्रै राखेन, बरु आम नेपालीलाई बेरोजगार बनायो । यसले तीब्रसँग ऋण बढायो । व्यापारघाटाको सीमा नै रहेन । उद्योगमा लगानी गर्न उद्यमीहरु डराए । बरु व्यापारतिर आकर्षित भए । सक्नेले नेताको फेरो समातेर उपल्लो पद लिए । देशमा उत्पादन बढेन, बेरोजगारी रमहँगी तीव्र रु्रपमा बढ्यो ।
गणतन्त्रले देशलाई ‘ग्रे लिष्ट’मा मात्रै राखेन, बरु आम नेपालीलाई बेरोजगार बनायो । यसले तीब्रसँग ऋण बढायो । व्यापारघाटाको सीमा नै रहेन ।
भ्रष्टाचर र बेथितिले सीमा नाघेर राष्ट्रिय अन्तर्राष्ट्रिय जगतमै चर्चा पायो । अझ स्वदेश टिक्न नसकेर भागे, समात्न खोज्दा अदालत गुहारेर नपक्रने आदेश जारी गराए । सन्तुलित परराष्ट्र नीतिको अभाव,न्याय निरुपणमा ढिलाई, कान्छो वरियता न्यायाधीशको पृष्ठभूमि तय गर्ने काम यही गणतन्त्रको उपलब्धि हो । किनकि सबै राजनीतिक लेबल, टाँचा लागिसकेका भए ।
कर्मचारी, राजनीति, उद्यमी– व्यापार, शिक्षालय, विश्वविद्यालय, सरकारी कर्मचारी, न्यायालय, चिकित्सा, कुटनीति सम्पूर्ण क्षेत्रमा दलका झोलेहरुको प्रभुत्व बढ्यो । सरकारी कर्मचारीमा टेृड युनियनको दादागिरी, सार्वजनिक जग्गा भवनहरुको व्यापक अतिक्रमण, डोजरे विकासले ल्याएको फँडानी, वन अतिक्रमण व्यापक बनेका थिए । यसबाहेक स्वास्थ्य बीमामा नाटक,कृषि अनुदानमा राजनैतिक पहुँच, छात्रवृत्तिमा मनपरी, ज्येष्ठ नागरिकको उमेर वृद्धि, सार्वजनिक सेवा प्रवाहमा लापर्वाही, सुशासनको नौटंकी नारा, समृद्धिको नारा दिएर आप्mना मान्छेलाई सार्वजनिक पदको पँजनीलाई गणतन्त्रको उपलब्धी भनियो ।
अमेरिकाको गणतन्त्रले अमेरिकामा सुशासन, विधिको शासन दियो, भारतको गणतन्त्रले विश्वमै अब्बल भारत बनायो, नेपालको देखासिकीको गणतन्त्रले सडकमा फोहोर जम्मा गर्ने काम मात्रै होइन, सिंहदरबार र पालिकाहरुको दूरीलाई बढायो, क्रोध र तनाव उत्पन्न गरायो । कुनै सरकारी संयन्त्रहरुमा सामन्जस्य भएन ।
सबैले सबैलाई औँला ठड्याउने बनायो । केपी ओली नेतृत्वको सरकारले सामाजिक सञ्जालमाथि प्रतिबन्ध लगाएपछि त्यो सरकारको ओरालो यात्रा शुरु भयो । भदौ २३ मा जेनजी युवाहरुले गरेको आन्दोलन त्यही असन्तुष्टिको प्रस्थान विन्दु थियो । भूटानी शरणार्थी, सेरा दरबार, टिकापुर जग्गा, बाल मन्दिरदेखि चिया बगान, बाँसबारीदेखि ललिता निबास मात्रै होइन वाईड बडीदेखि पोखरा विमानस्थलसम्मका काण्डहरु छ्यापछ्याप्ती भए ।
गणतान्त्रिक व्यवस्थाको आवरणमा मानव बेचविखनदेखि कैयन घोटालाहरुमा आप्mना मान्छेलाई संरक्षण दिने, इँटा भट्टामा इँट नभएर मान्छे पोलेको देखायो । गणतन्त्रको जग बलियो नभएकै कारण बेथितिका दृश्य बाक्लै देखिए ।गणतान्त्रिकको प्रतीक भएर शितल निबासएक्लै उभिएको छ । सिंहदरबार र शितल निबासको दूरी बढ्दो छ ।
महालेखाको प्रतिवेदनले गणतन्त्र कति स्वेच्छाचारी बन्यो भन्ने प्रष्ट हुन्छ । विगतका दिनहरमा के कति पद सिर्जना गरियो ? तिनमा बपर्वाह कति रकम वितरण गरियो ?अस्थायी दरबन्दी सिर्जना गरेर आफ्ना मान्छे कति राखियो ? संवैधानिक पदको कसरी लिलाम बढाबढ गरियो ?नागरिकलाई कर उठाउन निचोर्ने तर सुविधा दिन कन्जुस्याइँ गर्दा त्यसको असन्तुष्टि बढेर अन्ततः आन्दोलनको लाभाले पुराना दलहरुको वर्चस्व सखाप बनाइदियो ।
मुलुकमा लोकतन्त्र बहाल गर्न पटक पटक ठूला ठूला संघर्ष भए । धेरैको ज्यान गयो । कतिका घरबार उजाडिए । कतिका वर्तमान र भविष्य दुवै सखाप भए ।
गणतन्त्रले भीर पाखालाई नगरपालिका बनाउँदै राजस्व असुली गर्दा गरिव व्यक्तिले उपचारको क्रममा जग्गा घडेरी बेच्दा पनि मनग्ये राजस्व असुली गर्यो, घरबाटो भन्दै, आयकर, लाभकर भन्दै नानाथरीबाट कर असुली गरेर दिन दहाडै नागरिकलाई जोगी बनाउन उद्यत् शासन व्यवस्थालेनेपालीको शिर निहुरायो । सिंहदरबार खरानी बन्नु पछाडि यही खाले अभ्यास जिम्मेदार छन् ।
मुलुकमा लोकतन्त्र बहाल गर्न पटक पटक ठूला ठूला संघर्ष भए । धेरैको ज्यान गयो । कतिका घरबार उजाडिए । कतिका वर्तमान र भविष्य दुवै सखाप भए । नेपाली नागरिकको जप, तपबाट प्राप्त लोकतन्त्र लोभतन्त्रमा अनुवाद भयो । प्रणालीको जग गतिलो भएन भने प्राप्त उपलब्धि जतिबेला पनि डुबानमा पर्नसक्छ ।
मन्त्री उत्पादनको कारखानाबाट प्रदेशलाई रोकिनु पर्छ । प्रशासनिक संरचना चुस्त दुरुस्त बनाइनु पर्छ । सार्वजनिक सेवाप्रवाह गुणस्तरीय हुनु पर्छ । विशिष्ट अधिकारीको संख्या उल्लेख्य घटाइनु पर्छ । खेती किसानलाई अर्थतन्त्रको दरिलो आयश्रोतसंग जोड्नुपर्छ । बालेन सरकारले सुधारको विन्दु यी विषयलाई बनाउन सके बल्ल नागरिकले सुधारको छनक पाउने थिए कि ! सुशासनको प्रत्याभूति हुनु भनेको राज्यसंग नागरिकको गुनासो कम हुँदै जानु पनि हो ।














प्रतिक्रिया