स्वास्थ्य क्षेत्रमा १ खर्बभन्दा बढी बजेट विनियोजन  « Khabarhub

स्वास्थ्य क्षेत्रमा १ खर्बभन्दा बढी बजेट विनियोजन 


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब १ अर्ब ९५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

शुक्रबार संघीय संसद्मा बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले स्वास्थ्य सेवा विस्तार, सामाजिक सुरक्षा तथा स्वास्थ्य पूर्वाधार विकासलाई प्राथमिकतामा राखिएको बताएका हुन् ।

सरकारले स्वास्थ्य बीमा कार्यक्रमका लागि १५ अर्ब रुपैयाँ तथा स्वास्थ्य सामाजिक सुरक्षा कार्यक्रमका लागि १३ अर्ब १५ करोड रुपैयाँ विनियोजन गरेको जनाएको छ ।

बजेटमार्फत देशभर निर्माणाधीन ३३६ आधारभूत अस्पताल आगामी तीन वर्षभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । निर्माण सुरु नभएका अस्पतालहरूको वैज्ञानिक नक्सांकन तथा पूर्वतयारी कार्य अघि बढाइने र त्यसका लागि ५ अर्ब ९० करोड रुपैयाँ छुट्याइएको छ ।

दूरदराजका क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच विस्तार गर्न कर्णाली र सुदूरपश्चिम प्रदेशमा टेलिमेडिसिन सेवा विस्तार गरिने भएको छ । साथै, संघीय स्तरमा विशिष्टीकृत अस्पतालअन्तर्गत जलन उपचार केन्द्र स्थापना गरिने घोषणा गरिएको छ ।

त्यस्तै, मधेश प्रदेश अस्पतालमा मिर्गौला उपचार सेवा तथा ट्रमा सेन्टर सञ्चालन गरिने बजेटमा उल्लेख छ । सरकारले बालबालिकामा हुने क्यान्सर रोगको निःशुल्क उपचार गर्ने व्यवस्था पनि गरेको छ ।

सरकारले यी कार्यक्रमलाई नागरिकको स्वास्थ्य पहुँच विस्तार, उपचार सेवा सुदृढीकरण तथा सामाजिक सुरक्षा प्रवर्द्धनतर्फको महत्त्वपूर्ण पहलका रूपमा प्रस्तुत गरेको छ ।

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ५ : ३० बजे

सम्बन्ध विच्छेदमा ६४ करोड डलर तिर्न आदेश

सियोल– दक्षिण कोरियाको उच्च अदालतले कृत्रिम बौद्धिकता (एआई) चिप उद्योगका

तीन दल नमिल्ने गगनको अडानपछि प्रदेशको सत्ता भागबन्डानजिक एमाले-नेकपा

काठमाडौं- नेपाली कम्युनिस्ट आन्दोलन यतिबेला इतिहासकै चुनौतीपूर्ण मोडमा छ। विभिन्न

एक वर्षमा काठमाडौंमा अपराधका ११ हजार बढी मुद्दा दर्ता, ८ हजार ५ सय बढी पक्राउ

काठमाडौं– जिल्ला प्रहरी परिसर, काठमाडौंले आर्थिक बर्ष २०८२/८३ मा काठमाडौंमा

दोलखामा पहिरो : सात घर बगाउँदा एकजना बेपत्ता, २४ परिवार उच्च जोखिममा

दोलखा– उत्तरी भेगस्थित गौरीशंकर गाउँपालिका साउनको पहिलो सातामै बाढी–पहिरोको ठूलो

वास्तविक जीवनका ‘फुन्सुख वाङ्डु’ : सोनम वाङ्चुक

काठमाडौं- ‘यदि तपाईंले कुनै बच्चालाई असफल भन्नुभयो भने समस्या बच्चामा