जग्गा प्रशासनसम्बन्धी एकीकृत सेवा ३५ स्थानीय तहबाट सुरु गरिने « Khabarhub

जग्गा प्रशासनसम्बन्धी एकीकृत सेवा ३५ स्थानीय तहबाट सुरु गरिने


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


456
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले ३५ वटा नगरपालिकाबाट जग्गा प्रशासनसम्बन्धी एकीकृत सेवा आगामी आर्थिक वर्षदेखि सुरु गर्ने भएको छ ।

सङ्घीय संसद्को संयुक्त बैठकमा आज अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट वक्तव्यमा घरजग्गा खरिद बिक्रीलाई सहज बनाउन यस्तो व्यवस्था गरिएको उल्लेख छ । घरजग्गासम्बन्धी व्यवस्था सहज बनाउन जग्गाधनी सङ्केत नम्बर सेवा सुरु गरिने पनि उनले बताए ।

यसबाट जग्गा रोक्का, फुकुवा, खरिद, बिक्री तथा राजस्व सङ्कलनमा पनि सहज हुने विश्वास गरिएको छ । भूमिहीन दलित, अव्यवस्थित बसोबासी र सुकुम्वासीको समस्या आगामी आर्थिक वर्षमै समाधान गरी व्यवस्थापन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।
 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ६ : २७ बजे

हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न

जनकपुरधाम– मधेस प्रदेशको विकासको मेरुदण्ड मानिएको हुलाकी राजमार्गअन्तर्गत सिरहादेखि सर्लाहीसम्मको

किसान आन्दोलनको विरासतलाई थप उचाइमा पुर्‍याउन ओलीको आह्वान

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

काँकडभिट्टाबाट एक वर्षमा साढे २४ अर्बको पेट्रोलियम पदार्थ आयात

झापा– काँकडभिट्टाबाट गत आर्थिक वर्षमा २४ अर्ब ५० करोड ६७

एक हजार ३३ केजी गाँजासहित मिनिट्रक चालक पक्राउ

मोरङ– मोरङको रतुवामाई नगरपालिका–१० सोमबारेबाट एक हजार ३३ किलो ४८४

‘आधा जिन्दगी’ गीतको पूर्ण जीवनदर्शन

एस्पी कोइराला नेपाली सुगम सङ्गीत तथा गीति-साहित्यको क्षेत्रमा एक परिचित