बजेटबारे रास्वपाका सांसदले भने- जनअपेक्षा पुरा गर्छ « Khabarhub

बजेटबारे रास्वपाका सांसदले भने- जनअपेक्षा पुरा गर्छ


१५ जेठ २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरूले सरकारले ल्याएको बजेट जनताको आकाङ्क्षालाई पुरा गर्ने गरी आएको बताएका छन् ।

शुक्रबार बजेट आएपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा प्रवक्ता मनिष झाले सुशासन कायमका साथै जनताको आकाङ्क्षालाई पुरा गर्ने गरी बजेट आएको बताए । 

उनले मुलुकलाई डिजिटल युगमा प्रवेश गराउने गरी आएको कार्यक्रम निकै महत्त्वपूर्ण रहेको उल्लेख गरे । सरकारको बजेटले आफूहरू उत्साहित भएको उनको भनाइ छ ।

त्यस्तै रास्वपा सांसद इन्दिरा राणाले तीन तहको सरकारको समन्वयमार्फत बजेटको कार्यान्वयन गर्नुपर्नेमा  जोड दिइन् ।

उनले बजेटमा रहेका विषयहरू देश र जनताको विकासलाई अघि बढाउने गरी बजेट आएको धारणा राखिन् ।

त्यस्तै अन्य रास्वपा सांसदहरूले पनि सरकारले ल्याएको बजेट निकै सकारात्मक रहेको उल्लेख गरेका छन् । 

प्रकाशित मिति : १५ जेठ २०८३, शुक्रबार  ७ : ४१ बजे

घुससहित कागेश्वरी मनोहराकी इन्जिनियर कार्की पक्राउ

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी

बीपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार र अस्पताल निर्देशक नियुक्त

काठमाडौं : सरकारले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शिक्षाध्यक्ष, रजिस्ट्रार

प्रधानमन्त्रीको फेसबुके ब्रिफिङ झूटो : नुवाकोटको देवीघाटमा बेलिब्रिज त के, तुइनसमेत राखिएको छैन

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा सरकारले तीव्र गतिमा

चीनले भन्यो : रसुवा सीमाक्षेत्रको मौसमको जानकारी नेपाललाई दैनिक दिइरहेका छौँ

काठमाडौं- नेपालमा भदौ १० गते आएको विनाशकारी बाढी तथा पहिरोपछि

अन्तर्राष्ट्रिय बजारमा बढेर आए पनि बढाइएन पेट्रोलियम पदार्थको मूल्य

काठमाडौँ । अन्तरराष्ट्रिय बजारबाट बढेर आए पनि नेपालले भने यसपटक