नवनियुक्त धितोपत्र बोर्ड अध्यक्षको शपथ: लोभ र प्रलोभनमा नपरी काम गर्न अर्थमन्त्रीको निर्देशन « Khabarhub

नवनियुक्त धितोपत्र बोर्ड अध्यक्षको शपथ: लोभ र प्रलोभनमा नपरी काम गर्न अर्थमन्त्रीको निर्देशन


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रालयमा सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई शपथ गराएका हुन् । गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

शपथ ग्रहणलगत्तै अर्थमन्त्री डा. वाग्लेले पुँजी बजारका लगानीकर्ताको लगानी सुरक्षा र हितका लागि इमानदारीपूर्वक काम गर्न नवनियुक्त अध्यक्षलाई निर्देशन दिए। बजारमा कुनै पनि प्रकारका लोभ, प्रलोभन र बाह्य प्रभावबाट टाढा रहेर आफ्नो जिम्मेवारी वहन गर्न उनले सचेत गराए । पुँजी परिचालनमार्फत मुलुकको आर्थिक वृद्धिको लय समात्न बोर्डको नेतृत्वले विशेष ध्यान दिनुपर्ने अर्थमन्त्रीको भनाइ थियो ।

“कुनै पनि लोभ र प्रभावमा नपरी पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,” नवनियुक्त अध्यक्षलाई निर्देशन दिँदै अर्थमन्त्री डा. वाग्लेले भने, “तपाईंको साथमा म छु र सरकारले आवश्यक सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।”

अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिने र वार्षिक कार्ययोजना स्पष्ट समयसीमासहित पेस गर्न समेत निर्देशन दिनुभयो । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाझ त्रास सिर्जना गर्ने प्रवृत्ति सक्रिय रहेको उल्लेख गर्दै उनले त्यसलाई तत्काल चिर्न बोर्ड नेतृत्वलाई आग्रह गरे ।

“पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा विश्वास (कन्फिडेन्स) बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,” अर्थमन्त्री वाग्लेले भने, “मन्त्रालयबाट काममा कुनै प्रकारको हस्तक्षेप हुने छैन । धेरै बोलेर होइन, काम र नतिजाबाट प्रमाणित गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।”

कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. भट्टले सरकार र अर्थमन्त्रीको मार्गनिर्देशन अनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक खटिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १० : ४६ बजे

भोटेकोशी बाढी : अन्तर्राष्ट्रिय उद्धार टोली परिचालन गर्न कांग्रेसको माग

काठमाडौं – नेपाली कांग्रेसले बाढीपहिरो तथा प्राकृतिक विपद्का कारण बेपत्ता नागरिकको

बाढीपीडितका लागि टप एन्ड टी–२० सिरिजमार्फत सहयोग अभियान

काठमाडौं- अष्ट्रेलियाको डार्विनमा जारी टप एन्ड टी–२० सिरिजमार्फत रसुवाको भोटेकोशीमा हालै

रुस, चीन र इरानका नेताहरू एससीओ शिखर सम्मेलनमा सहभागी हुँदै

एजेन्सी– रुसका राष्ट्रपति भ्लादिमिर पुटिन र चीनका राष्ट्रपति सी जिनपिङसहित

भोटेकोशी बाढी : मधेस प्रदेशका हराइरहेकामध्ये २२ जना सम्पर्कमा

जनकपुरधाम– रसुवाको भोटेकोशी नदी आएको बाढीपछि हराइरहेका मधेस प्रदेशका १७१

रसुवा सडक सञ्जालसँग पुनः जोडियो

काठमाडौं– भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीका कारण अवरुद्ध