नवनियुक्त धितोपत्र बोर्ड अध्यक्षको शपथ: लोभ र प्रलोभनमा नपरी काम गर्न अर्थमन्त्रीको निर्देशन « Khabarhub

नवनियुक्त धितोपत्र बोर्ड अध्यक्षको शपथ: लोभ र प्रलोभनमा नपरी काम गर्न अर्थमन्त्रीको निर्देशन


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपाल धितोपत्र बोर्डका नवनियुक्त अध्यक्ष डा. गोपालप्रसाद भट्टलाई पद तथा गोपनीयताको शपथ गराएका छन् । मन्त्रालयमा सोमबार आयोजित एक विशेष कार्यक्रमका बीच अर्थमन्त्री डा. वाग्लेले नवनियुक्त अध्यक्ष भट्टलाई शपथ गराएका हुन् । गत असार ५ गते बसेको मन्त्रिपरिषद् बैठकले भट्टलाई बोर्डको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।

शपथ ग्रहणलगत्तै अर्थमन्त्री डा. वाग्लेले पुँजी बजारका लगानीकर्ताको लगानी सुरक्षा र हितका लागि इमानदारीपूर्वक काम गर्न नवनियुक्त अध्यक्षलाई निर्देशन दिए। बजारमा कुनै पनि प्रकारका लोभ, प्रलोभन र बाह्य प्रभावबाट टाढा रहेर आफ्नो जिम्मेवारी वहन गर्न उनले सचेत गराए । पुँजी परिचालनमार्फत मुलुकको आर्थिक वृद्धिको लय समात्न बोर्डको नेतृत्वले विशेष ध्यान दिनुपर्ने अर्थमन्त्रीको भनाइ थियो ।

“कुनै पनि लोभ र प्रभावमा नपरी पुँजी बजारका लगानीकर्ताको लगानीको सुरक्षा गर्नुहोस्,” नवनियुक्त अध्यक्षलाई निर्देशन दिँदै अर्थमन्त्री डा. वाग्लेले भने, “तपाईंको साथमा म छु र सरकारले आवश्यक सबैखाले सहयोग गर्छ । पुँजी परिचालनमार्फत आर्थिक वृद्धिको बाटो समात्ने वातावरण बनाउनुहोस् ।”

अर्थमन्त्री डा. वाग्लेले पुँजी बजार सुधारका लागि दैनिक, साप्ताहिक, मासिक, छ महिने र वार्षिक कार्ययोजना स्पष्ट समयसीमासहित पेस गर्न समेत निर्देशन दिनुभयो । बजारमा अनावश्यक हल्ला फैलाएर साना लगानीकर्तामाझ त्रास सिर्जना गर्ने प्रवृत्ति सक्रिय रहेको उल्लेख गर्दै उनले त्यसलाई तत्काल चिर्न बोर्ड नेतृत्वलाई आग्रह गरे ।

“पुँजी बजार सुधारका योजनाहरू समयसीमा बनाएर कार्यान्वयन गर्नुहोस् । बजारमा विश्वास (कन्फिडेन्स) बढाउँदै लगेर नियमनको भूमिका कुशलतापूर्वक निभाउनुहोस्,” अर्थमन्त्री वाग्लेले भने, “मन्त्रालयबाट काममा कुनै प्रकारको हस्तक्षेप हुने छैन । धेरै बोलेर होइन, काम र नतिजाबाट प्रमाणित गर्नुहोस् । मलाई हरेक हप्ता बजारको ब्रिफिङ चाहिन्छ ।”

कार्यक्रममा नवनियुक्त अध्यक्ष डा. भट्टले सरकार र अर्थमन्त्रीको मार्गनिर्देशन अनुसार पुँजी बजारको विकासमा इमानदारीपूर्वक खटिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १० : ४६ बजे

बाढीले खोस्यो दसैँको टीका, बेपत्ता आफन्तको पर्खाइमा खाली निधार

बर्दिया- बडादसैँमा अभिभावकका हातबाट टीका र जमरा लगाएर आशीर्वाद थाप्ने

नेवार समुदायले मनाए मोहनी नखः

भक्तपुर- भक्तपुरका नेवार समुदायले आज मोहनी नखः मनाएका छन् ।

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी