बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा « Khabarhub

बाजुरालाई पूर्ण खोप सुनिश्चितता र दिगोपना घोषणा


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

बाजुरा– बाजुरा जिल्लालाई आइतबार पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ ।  जिल्लाका नौवटै पालिकाका स्थानीयले जन्मेदेखि १५ महिना र १६ देखि २३ महिना मुनिका बालबालिकाले पूर्ण खोप पाएका कारण जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना  घोषणा गरिएको हो ।

यहाँका एक हजार ३४८ बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन् । पूर्ण खोप सुनिश्चितता घोषणामा त्रिवेणी नगरपालिकाका जन्मेदेखि १५ महिनाका २७४, गौमुलमा १७४, खप्तड छेडेदह गाउपालिकामा ३१०, स्वामीकार्तिक खापर गाउँपालिकामा २१८ जना बालबालिकाले पूर्ण खोप पाएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका निमित्त कार्यालय प्रमुख खड्काले बताए।
 
यसैगरी, बडीमालिका नगरपालिकामा ३००, बुढीनन्दा नगरपालिकामा ३५३, बुढीगङ्गा नगरपालिकामा २३६, जगन्नाथ गाउँपालिकामा १६२ र हिमाली गाउँपालिकामा १८० जना बालबालिकाले पूर्ण खोप पाएका छन् ।  
    
 एक खोप लगाएर अन्य चार खोप नलगाउने त्रिवेणी नगरपालिकाका एक जना, बडीमालिका नगरपालिकामा एक जना, बुढीनन्दा नगरपालिकामा एक जना र पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रममा महिला स्वयंसेविका र स्थानीय तहका स्वास्थ्यकर्मीको महत्वपूर्ण भूमिका रहेको जिल्ला खोप समन्वय समिति संयोजक तथा जिल्ला समन्वय समिति बाजुराका प्रमुख तुलसीराम रोकायाले बताएका छन् । 

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  १ : ३७ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद