मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा « Khabarhub

मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दी नदीको बाढी र कटानको जोखिममा रहेको बेनी नगरपालिका–७ मंगलाघाटमा बस्ती संरक्षण योजना कार्यान्वयनमा आएको छ । 

जलस्रोत तथा सिचाई व्यवस्थापन आयोजना कास्कीले मंगलाघाटस्थित म्याग्दी नदीको किनारमा ‘कम्पोजित’ प्रविधिको पर्खाल निर्माण गरेको हो ।

मङ्गलाघाट स्थित म्याग्दी नदीको किनारमा ५५ मिटर लामो कम्पोजित प्रविधिको पर्खाल निर्माण भएको आयोजनाका ईञ्जिनियर नरजङ गुरुङले बताए । 

उनका अनुसार नदी किनारको तल्लो भागमा चार मिटर अग्लो आरसिसी र माथिल्लो भागमा तीन मिटर अग्लो ग्यावीयन पर्खाल निर्माण भएको छ ।

योजना निर्माणका लागि निर्माण कम्पनीसँग २०८२ फागुन १० गते ९९ लाख १९ हजार दुई सय ९५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । 

यही असार १९ गतेसम्म ठेक्का सम्झौताको म्याद रहेकोमा लक्ष्य अघि नै सम्पन्न भएको हो । इन्धन र निर्माण सामग्रीको मूल्यवृद्धिका बाबजुद उपकरण र मजदुर परिचालन तथा निर्माण सामग्री व्यवस्थापन गरेर समयमै योजना निर्माण गरेको व्यवसायीले बताएका छन् । 

यसअघि ंगंलाघाटमा आयोजना मार्फत विभिन्न चरणमा पाँच सय मिटर भन्दा बढी लामो पर्खाल निर्माण भइसकेको छ । बेनी बजारको पश्चिमी भागमा रहेको मंगलाघाटमा दुई सय भन्दा बढी घर, सरकारी कार्यालय र कर्मचारी आवास भवन छन् । 

आयोजनाले बेनी बजारमा कटान र बाढी नियन्त्रण गर्न विगत देखिनै आयोजना सञ्चालन भएको छ । बेनीलाई सरकारले नदी कटानका हिसाबले जोखिमयुक्त जिल्ला सदरमुकामको सूचिमा राखेको छ । 

योजनाका प्रमुख विदुर श्रेष्ठले नदी कटान र पहिरोको जोखिममा रहेका म्याग्दी, मुस्ताङ र पर्वतका १७ स्थानमा सालबसाली योजनाहरू निर्माण सम्पन्न हुने चरणमा रहेका बताए । रासस

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  २ : २५ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद