‘असारे पानी साउने झरी’ गीत सार्वजनिक « Khabarhub

‘असारे पानी साउने झरी’ गीत सार्वजनिक


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक तथा सङ्गीतकार सहन प्रधानले नयाँ असारे गीत ‘असारे पानी साउने झरी’ सार्वजनिक गरेका छन्।

दीपक प्रधानको शब्द रहेको गीतमा गायक रामचन्द्र काफ्लेको स्वर रहेको छ भने सङ्गीत सहन प्रधानले दिएका हुन्। गीतको सङ्गीत संयोजन विशाल गुरुङले गरेका छन्।

सङ्गीतकार प्रधानका अनुसार गीतमार्फत नेपाली मौलिक संस्कृति र परम्परागत बाजाहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। त्यसैले गीतमा पञ्चेबाजा, नर्सिङ्गा, धिमे, भुस्या, सारङ्गीलगायत नेपाली मौलिक बाजाहरूको प्रयोग गरिएको छ।

हिलोसँगको नेपालीको आत्मीय सम्बन्ध, खेतबारीको हरियाली र किसानको अथक परिश्रमलाई सम्मान गर्दै पन्ध्र असारको उत्सवलाई अझ उल्लासमय बनाउने उद्देश्यका साथ द रेबल क्रियशनले गीतको म्युजिक भिडियो सार्वजनिक गरेको जनाएको छ।

म्युजिक भिडियोमा सन्दीप लोहनी, बिना राउतलगायत कलाकारको अभिनय रहेको छ भने निर्देशन शुभम भुजेलले गरेका छन्। भिडियोले असारको रोपाइँ, ग्रामीण जीवन र नेपाली मौलिक संस्कृतिको जीवन्त चित्र प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ३ : ०९ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद