‘असारे पानी साउने झरी’ गीत सार्वजनिक « Khabarhub

‘असारे पानी साउने झरी’ गीत सार्वजनिक


१५ असार २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय धान दिवस तथा पन्ध्र असारको अवसर पारेर चितवनका गायक तथा सङ्गीतकार सहन प्रधानले नयाँ असारे गीत असारे पानी साउने झरी सार्वजनिक गरेका छन्।

दीपक प्रधानको शब्द रहेको गीतमा गायक रामचन्द्र काफ्लेको स्वर रहेको छ भने सङ्गीत सहन प्रधानले दिएका हुन्। गीतको सङ्गीत संयोजन विशाल गुरुङले गरेका छन्।

सङ्गीतकार प्रधानका अनुसार गीतमार्फत नेपाली मौलिक संस्कृति र परम्परागत बाजाहरूको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ। त्यसैले गीतमा पञ्चेबाजा, नर्सिङ्गा, धिमे, भुस्या, सारङ्गीलगायत नेपाली मौलिक बाजाहरूको प्रयोग गरिएको छ।

हिलोसँगको नेपालीको आत्मीय सम्बन्ध, खेतबारीको हरियाली र किसानको अथक परिश्रमलाई सम्मान गर्दै पन्ध्र असारको उत्सवलाई अझ उल्लासमय बनाउने उद्देश्यका साथ द रेबल क्रियशनले गीतको म्युजिक भिडियो सार्वजनिक गरेको जनाएको छ।

म्युजिक भिडियोमा सन्दीप लोहनी, बिना राउतलगायत कलाकारको अभिनय रहेको छ भने निर्देशन शुभम भुजेलले गरेका छन्। भिडियोले असारको रोपाइँ, ग्रामीण जीवन र नेपाली मौलिक संस्कृतिको जीवन्त चित्र प्रस्तुत गर्ने प्रयास गरेको निर्माण पक्षले जनाएको छ।

प्रकाशित मिति : १५ असार २०८३, सोमबार  ३ : ०९ बजे

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य

आज कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

‘हाम्रो आपसी सम्बन्ध र भाइचारामा दरार नआओस्’

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले सुनसरीको देवानगन्ज घटनापछि

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौँ – २०८३ साल साउन १५ गते शुक्रबार सन् २०२६