प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ « Khabarhub

प्रचण्डले भने : अहंकार र घमण्ड देखाएर प्रधानमन्त्री कहीँ पुग्दैनन्, संसद्मा आएर जवाफ दिनुपर्छ


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा उपस्थित भएर वर्तमान राजनीतिक अवस्था र उठेका प्रश्नबारे स्पष्ट जवाफ दिनुपर्ने बताएका छन्।

प्रतिनिधिसभाको बिहीबार बसेको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले प्रधानमन्त्रीले संसद्को सम्मान गर्दै लोकतान्त्रिक परम्परा पालना गर्नुपर्ने बताए। उनले सभामुखले पनि प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराउन आवश्यक पहल गर्नुपर्ने धारणा राखे।

‘प्रधानमन्त्री संसद्मा आएर स्पष्टीकरण दिनुपर्छ। सभामुखले पनि त्यसमा पहल गर्नुपर्छ। लोकतान्त्रिक प्रक्रियालाई प्रधानमन्त्रीले अवमूल्यन गर्न पाउँदैनन्,’ उनले भने, ‘प्रधानमन्त्री संसद्मा आएर बोल्दा उहाँको उचाइ नै बढ्छ। नेपाल सफल राष्ट्र बन्ने कि असफल, त्यसको जिम्मेवारी अहिले प्रधानमन्त्रीकै काँधमा छ।’

प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकार्यको प्रक्रिया अघि बढाएको उल्लेख गर्दै राजनीतिक दलहरूबीच संवाद र सहकार्यबाटै मुलुकका समस्या समाधान गर्नुपर्ने बताए।

प्रधानमन्त्री वालेन्द्र शाहलाई लक्षित गर्दै उनले देशमा अनुभवी नेता, विद्वान र विभिन्न राजनीतिक आन्दोलनबाट खारिएका व्यक्तिहरूसँग संवाद गर्न आग्रह गरे। विगतका सरकारका अनुभव वर्तमान सरकारका लागि उपयोगी हुन सक्ने भन्दै उनले त्यसबाट सिक्न हिच्किचाउनु नहुने बताए।

‘नेपालमा धेरै संकट देखेका, सुशासन र सामाजिक न्यायका लागि संघर्ष गरेका नेताहरू छन्। उहाँहरूसँग छलफल गर्न के ले रोक्यो? मलाई बोलाएर सोधे पनि हुन्थ्यो,’ उनले भने, ‘संवादबाट टाढा जाने, प्रतिपक्षको अपमान गर्ने र जनताको एउटा तप्कालाई बेवास्ता गर्ने प्रवृत्तिले देशलाई अझ अप्ठ्यारोमा पार्छ।’

उनले देशमा एकपछि अनेक निराशाका घटनाहरू देखिएका बताउँदै यही बेला प्रधानमन्त्रीले देखाएको अहंकार उचित नभएको उल्लेख गरे ।

‘त्यसले अहिले सबैतिर चिन्ता पनि व्यक्त भएको छ। हामी कसैले पनि बहुमतको दम्भ देखाउनु हुँदैन। विगतमा पनि मैले सदनबाट होस् या जनताको बीचमा संख्या अस्थायी कुरा हो’, उनले भने, ‘मुख्य कुरा राष्ट्रप्रतिको जिम्मेवारी, लोकतन्त्रप्रतिको निष्ठा र हामीले प्राप्त गरेका उपलब्धिको रक्षा हुन सके जनतामा विश्वास जाग्छ । प्रधामन्त्रीले घमण्ड र अहंकार देखाएर कहीँ पनि पुग्दैनन्। अहिले जनतामा निराशा, अपेक्षा दुवै छन् । जनतालाई हामीले अघि बढ्न उत्प्रेरित गर्नु आवश्यक छ।’

सम्बोधनका क्रममा प्रचण्डले विश्व इतिहासका उदाहरण पनि प्रस्तुत गरे। दोस्रो विश्वयुद्धपछि जर्मनीका तानाशाह एडोल्फ हिटलरले आत्महत्या गरेको प्रसंग उल्लेख गर्दै उनले कठिन परिस्थितिमा मानिसले जीवन र जिम्मेवारीबारे गर्ने निर्णयका विषयमा अहिले पनि युरोपमा बहस भइरहेको टिप्पणी गरे।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  १ : ४२ बजे

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव

फिफाको लगानी योजना अवसर मात्र : इन्फान्टिनो

पेरिस– अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) का अध्यक्ष जियानी इन्फान्टिनोले फिफाको

सुरक्षा निकाय तथा सरोकारवालाबीच समन्वयलाई थप प्रभावकारी बनाउने परिषद्को निर्णय

काठमाडौं– राष्ट्रिय सुरक्षा परिषद्को ४३औँ बैठकले देशको समग्र सुरक्षा अवस्थाको

देवानगञ्ज प्रकरण : गोली लागेका अर्का २२ वर्षीय युवकको उपचारका क्रममा मृत्यु 

इनरूवा– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर

रास्वपा सभापतिले गरे मधेसका नेतासँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले मधेसका नेताहरूसँग छलफल