गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै « Khabarhub

गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिँदै


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

बागमती– गोरक्षेश्वर धामलाई धार्मिक पर्यटकको गन्तव्यस्थलका रुपमा विकास गरिँदै आएको छ । 

धाममा हेटौँडाको राप्ती नदी तरेसँगै बजारको मुख्य प्रवेशद्वारमा अवस्थित छ । हेटौँडा उपमहानगरपालिका–१० मा यो धाम पर्छ । परिसरभित्र हनुमान, शनि, शिव पञ्चायन १०८ शिवलिङ्ग, सरस्वती, नाग मन्दिरलगायत विभिन्न धार्मिक सम्पदा रहेका छन् ।

विसं २०४४ मा धाम र २०५६ मा संस्कृत वेद विद्यालय स्थापना भएसँग यो क्षेत्र धार्मिक पर्यटकका लागि आकर्षक केन्द्र बन्दै गएको धाम क्षेत्र विकास समितिका अध्यक्ष उत्तमशर्मा ढकालले जानकारी दिए ।
 
यस क्षेत्रको समग्र विकासलाई लक्षित गरी पटकपटक महायज्ञ सम्पन्न भएका छन् ।  महायज्ञमा सङ्कलन भएका दान रकमबाट एक धर्मशाला र ढिकुरी पाटी निर्माण गरिएको छ । 

कोठा भाडामा लिएर बस्ने व्यक्तिलाई काजक्रिया गर्न सहयोग होस् भन्ने उद्देश्यले ढिकुरी पाटी एवं क्रियापुत्री भवन निर्माण गरिएको हो ।
 
व्यक्तिको आर्थिक अवस्थालाई मनन गर्दै सहुलियत शुल्कमा दाहसंस्कारको प्रबन्ध गरिएकोको छ । विभिन्न समुदायका व्यक्तिको दाहसंस्कारका लागि दुई हजार रुपैयाँ र १३ दिनको काजक्रियाका लागि १५ हजार रुपैयाँ शुल्क निर्धारण गरिएको छ ।  
 
धामअन्तर्गत करिब पाँच कठ्ठा जग्गा उपलब्ध गराएर परिसरभित्र संस्कृत वेद विद्यालाय स्थापना गरिएको छ । संस्कृत वेद विद्यालयमा देशका विभिन्न भूभागबाट आएका ४० जना विद्यार्थीलाई आवाशीय व्यवस्थासहित पठनपाठन गराउँदै आइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण थापाले बताए ।

यस धाममा नियमित पूजाआजाका लागि पुजारी व्यवस्था गरिएको छ । धामको  सम्पत्ति  संरक्षण तथा रेखदेखका लागि दुई जना कर्मचारी र थप दुई सुरक्षाकर्मीले सुरक्षा दिएका छन् ।
 
भक्तजनले पूजामा चढाउने भेटी पुजारीको हुने व्यवस्था छ । बाला चतुर्दशीमा ठूलो मेला लाग्ने गरेको छ । समितिको आयोजनामा १५ वर्षदेखि महिनाको अन्तिम सोमबार गङ्गा आरती गरिन्छ ।   

धाम व्यवस्थापनका लागि वार्षिक १० लाख रुपैयाँ आवश्यक पर्छ । सो रकम दानबाट सङ्कलन हुने गरेको छ । 

पार्किङ सुविधा आयआर्जनमा सहयोगी बनेको छ । भारतीय धार्मिक पर्यटक यहाँ आउँछन् । स्नान गर्छन् र हेटौँडा घुमेर फर्कन्छन् । उनीहरूले गाडी पार्किङ गर्दा आठ सय ८०० रुपैयाँ र आन्तरिक पर्यटकसँग पाँच सय रुपैयाँ शुल्क लिने गरिएको छ ।   

धाम परिसरमा गौशाला स्थापनाको अवधारणा अघि बढेको छ । २०६७÷२०६८ सालमा अवधारणा बने पनि मूर्तरुप हासिल हुन सकेको छैन ।
 

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  २ : ०७ बजे

धनुषाका केही क्षेत्रमा पनि अनिश्चितकालीन कर्फ्यु

जनकपुरधाम- जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन

दूरसञ्चार सेवामा अभूतपूर्व सुधार गर्ने सरकारको लक्ष्य छ : सञ्चारमन्त्री तिमिल्सिना

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनाले चालु आर्थिक वर्ष

आजको कार्टुन : प्रधानमन्त्रीको मुड !

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह जनताबाट टाढै रहन रुचाउँछन् । देशमा

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न

सुनसरीको तनाव मधेश प्रदेशतिर : सिरहापछि धनुषामा पनि कर्फ्यु घोषणा

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जमा आइतबार रातिदेखि सुरू भएको तनाव