सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा « Khabarhub

सिरहाको गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु घोषणा


१४ श्रावण २०८३, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जिल्ला प्रशासन कार्यालय सिरहाले गोलबजार क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ । 

जिल्लाको पछिल्लो सुरक्षा स्थितिको विश्लेषण गर्दा आन्दोलन र हुलदंगा भई शान्ति सुरक्षा भंग हुन सक्ने देखिएकाले बिहीबार दिउँसो २ बजेदेखि अर्को आदेश नभएसम्मका लागि कर्फ्यु लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलद्वारा जारी सूचना अनुसार, जिल्ला सुरक्षा समितिको निर्णयका आधारमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) बमोजिम यो आदेश जारी गरिएको हो ।

प्रशासनले गोलबजार नगरपालिकाका पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका वडा नं. ३ को कसहा खोला, गोलबजार नगरपालिका वडा नं. ४ को चोहर्वा चोक, गोलबजार नगरपालिका वडा नं. ६ को सैनिक चोक र गोलबजार नगरपालिका वडा नं. ४ स्थित रा. प्र. रा. प. बहुमुखी क्याम्पस वरपरको क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको हो ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहिबार  २ : १८ बजे

जग्गा भाडामा लिएर सयपत्री खेती

तुलसीपुर– दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित बिजौरी साना किसान कृषि सहकारी

लागूऔषधसहित १४ जना पक्राउ

काठमाडौँ–  नियमित गस्तीमा रहेको प्रहरी टोलीले देशका विभिन्न भागबाट लागूऔषधसहित

फूलपातीका दिन गृहमन्त्री गुरुङले गरे तलेजु भवानी र कुमारीको दर्शन

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले बडादसैँको फूलपातीका दिन आज हनुमानढोका

फूलपातीका लागि असन र इन्द्रचोकमा चहलपहल

काठमाडौँ- बडादसैँको सातौँ दिन फूलपाती भित्र्याउने तयारीसँगै काठमाडौँका पुराना बजार क्षेत्रमा

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

वीरगञ्ज – हेटौँडास्थित सडक डिभिजन कार्यालयले यहाँका मुख्य सडक विस्तार