जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ « Khabarhub

जय श्रीराम र हरहर महादेव भन्दै सदनमा भाषण गरेका रहबर अन्सारीको आग्रह- धार्मिक द्वेष नफैलाऔँ


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहबर अन्सारीले विभिन्न धर्मका पवित्र धार्मिक नाराहरूलाई समाजमा द्वेष र विभाजन फैलाउने राजनीतिक हतियारको रूपमा प्रयोग गर्न नहुने बताएका छन् । सुनसरीको कप्तानगञ्जमा भएको हिंसात्मक घटना र बढ्दो धार्मिक सामाजिक तनावका सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै उनले ‘जय श्रीराम’, ‘हर हर महादेव’, ‘अल्लाह हु अकबर’, ‘हलेलुया’ र ‘नमो बुद्धाय’ जस्ता शब्दहरू उच्चारण गर्दै आफ्नो भाषण सुरु गरेका थिए ।

सांसद अन्सारीले ईश्वरप्रति समर्पित हुनुपर्ने भक्ति, करुणा र आस्थाका शब्दहरूलाई आज धर्म र जातका आधारमा समाज विभाजित गर्न प्रयोग गरिएको भन्दै चिन्ता व्यक्त गरे ।

‘जब जब जय श्रीराम भनेर कुनै समूहले, जब जब जय श्री राम भनेर यदि कुनै समूहले अर्को समूहमाथि आक्रमण गर्छन् भने उनले मर्यादा पुरुषोत्तम रामले, मर्यादा पुरुषोत्तम रामले विभीषणलाई दिएका आश्रय र मर्यादा पुरुषोत्तम रामले रावणको अन्त्येष्टि सम्मानजनक हुनुपर्छ भनेर दिएका आदेशलाई बिर्सिएका छन्। जब जब अल्लाह हु अकबर भनेर अर्को समुदायप्रति हिंसा हुन्छ तब तब ती समूहका व्यक्तिहरूले इस्लामले दिएको शान्तिको सन्देश, इस्लामले दिएको सद्भावको सन्देश, इस्लामले दिएको न्यायको सन्देश बिर्सिरहेका हुन्छन्। जब जब हर हर महादेव जय शम्भु भन्दै, जब जब हर हर महादेव जय शम्भु भन्दै गाँजा सेवन गरेर लागूऔषध सेवन गर्छन् युवाहरूले तब तब शिवका करुणा, भक्ति र त्याग बिर्सिरहेका हुन्छन्।’ उनले भने ।

संसारभर घृणास्पद अभिव्यक्तिका कारण नै ठूला ठूला द्वन्द्व र नरसंहार भएको इतिहास स्मरण गराउँदै उनले मधेशलाई मानव अधिकारको चिहान बनाउने प्रयास भइरहेको आरोप लगाए।

गोली चलेर मात्र नभई घृणास्पद अभिव्यक्तिबाट नै साम्प्रदायिक हिंसाको सुरुवात हुने भएकाले यस्ता गतिविधिमाथि सूक्ष्म निगरानी राख्न उनले सरकारसँग माग गरे। सामाजिक सञ्जाल, सञ्चारमाध्यम वा नेताहरूकै मुखबाट आएका घृणास्पद अभिव्यक्ति दिने पात्रहरूलाई पहिचान गरी कानुनी दायरामा ल्याउनुपर्नेमा उनले जोड दिए । यसका साथै रोहिङ्ग्या वा बङ्गलादेशीको विषय उठाएर समाजमा त्रासको वातावरण सिर्जना नगर्न सचेत गराउँदै उनले नागरिकता र मानवताले सबै नेपालीलाई एउटै सूत्रमा बाँधेको स्पष्ट पारे ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ३ : २६ बजे

कप्तानगञ्ज तनाव मधेशतिर फैलिएपछि गृहमन्त्री सुनसरी जाँदै

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्जबाट दुई समुदायबीच फैलिएको तनावको पाँच

सप्तरीमा सर्वदलीय बैठक : सामाजिक सद्भाव कायम राख्न आग्रह

जनकपुरधाम– सप्तरीमा आज बसेको सर्वदलीय तथा सरोकारवालाको बैठकले सामाजिक सद्भाव,

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको

विपक्षीले जवाफ माग्दा सदन नै स्थगित

काठमाडौं– देशमा भएको पछिल्लो राजनीतिक अवस्थाको विषयमा प्रधानमन्त्री बालेन्द्र शाहसँग

सामाजिक सद्भाव र शान्ति कायम गर्न पूर्वराष्ट्रपति भण्डारीको आग्रह

काठमाडौं- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले देशका विभिन्न भागमा विकास भइरहेका पछिल्ला