सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली « Khabarhub

सिरहाको गोलबजारमा ज्यान गुमाएका युवकको घाँटीमै गोली


१४ श्रावण २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


174
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले गत आइतबार सुनसरीको देवानगञ्जमा अपनाएकै तरिकाको प्रयोग सिरहाको गोलबजारमा पनि गरेको छ।

गोलबजारमा बिहीबार दिउँसो मारिएका २० वर्षीय गणेश यादवको घाँटीमै गोली लागेको पाइएको छ।

गोलबजारमा गोली लागेर मृत्यु भएका तुल्सीपुरका गणेशको घाँटी गोलीले वारपार छेडेको छ । गोली लागेर सडकमै ढलेका उनको त्यहीँ निधन भएको हो ।

उक्त घटनामा गोली लागेर घाइते भएका अर्का युवक सुवास ठाकुरलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान लगिएको छ।

गोलबजार क्षेत्रमा दुई समुदायबीच बढेको तनाव नरोकिने देखिएपछि प्रहरीले गोली चलाउँदा एकजना गणेको ज्यान गएको थियो । उनको शव अहिले स्थानीय अस्पतालमा राखिएको छ।

प्रहरीले हानेको गोली लागेर अन्य केही व्यक्ति गम्भीर घाइते भएका छन् । यसअघि सुनसरीको देवानगञ्जथित कप्तानगञ्जमा मृत्यु भएका दुईजना र अन्य घाइते ८ जनाको कम्मरभन्दा माथि गोली लागेको थियो ।

सुनसरीको कप्तानगञ्जबाट आइतबार रातिदेखि फैलिएको तनाव मधेश प्रदेशतिर सर्दै गर्दा भौतिक र मानवीय क्षति हुन थालेको छ। गोलबजार र लहानका कयौँ होटल र व्यापारिक प्रतिष्ठानमा तोडफोड भएको छ।

गोलबजारमा बिहीबार पार्किङमा राखिएका ११ वटा मोटरसाइकलमा आगजनी गरिएको छ । सडकमा राखिएका कयौँ बस र अन्य साधन पनि तोडफोड गरिएको छ। गोलबजारमा अहिले कर्फ्यु लागेको छ।

प्रकाशित मिति : १४ श्रावण २०८३, बिहीबार  ४ : ५२ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा