विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव « Khabarhub

विपद् पूर्वतयारी रणनीति सुधार्न सुरक्षा निकायका प्रमुखहरूको सुझाव


१३ कार्तिक २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विभिन्न सुरक्षा निकायका प्रमुखहरूले प्राकृतिक विपद्का घटनाहरू पहिले भन्दा भिन्न र जटिल रूपमा देखिन थालेकाले पूर्व तयारी रणनीतिमा सुधार गर्नुपर्ने सुझाव दिएका छन् । 

सिंहदरबारमा शुक्रबार बसेको राष्ट्रियसभा अन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनीहरूले भिन्न र जटिल रूपमा देखिने प्राकृतिक विपद्को सामना र त्यसपछिको विपद् व्यवस्थापनका लागि पूर्व तयारी रणनीतिमा सुधारका साथै आवश्यक पूर्वाधारको तयारीमा पनि ध्यान दिनुपर्ने सुझाव दिएका हुन् ।

बैठकमा नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देलले जलवायु परिवर्तनका कारण प्रत्येक विपद्को प्रकृति फरक–फरक देखिएकाले नयाँ नयाँ उपकरणहरूको उपलब्धतामा ध्यान दिनुपर्ने बताए । 

उनले सुरुङ निर्माण वा सञ्चालनका क्रममा हुने दुर्घटना र बाढीको क्षति अत्यन्तै गम्भीर हुने भएकाले सामान्य उपकरणले मात्र काम गर्न नसक्ने उल्लेख गरे । 

भोटेकोशी बाढीपछि त्रिशूली र अन्य प्रभावित क्षेत्रमा कमाण्डरहरू सहितको अतिरिक्त ट्याक्टिकल हेडक्वार्टर, चिकित्सा टोली र एयरबेसहरू स्थापना गरेर उद्धार कार्यलाई तीव्रता दिइएको बताए । 

उनले पालिकाहरूलाई न्यूनतम रूपमा ’अर्ली वार्निङ सिस्टम’ विकास गर्न र आफ्नो क्षेत्रको जोखिम पहिचान गरी जिम्मेवारी पूरा गर्न सक्षम बनाउनुपर्नेमा जोड दिए । 

त्यस्तै नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले बाढीपछिको खोजी कार्यमा जमिनमुनि डेढ मिटरसम्मको अवस्थालाई पहिचान गर्ने मेसिनसहितको प्रविधि नेपालमा प्रयोगमा नरहेकाले म्यानुअल उपायहरूसँगै खोजी कार्य जारी राखिएको बताए । 

उनले विपद्पछि सञ्चार पुनः स्थापना गर्ने टोली, खोज, उद्धार तथा रवान्ती/स्थानान्तरण टोली, शव व्यवस्थापन टोली लगायतका टोली निरन्तर खटिएको जानकारी दिए । 

भविष्यमा बाढी–पहिरो जस्ता विपद्हरू दोहोरिँदा बाहिरी रूपमा बढी क्षति देखिन सक्ने अवस्थालाई मध्यनजर गर्दै स्थानीय रूपमा प्रहरीहरूलाई अझ सक्रिय रूपमा परिचालित गर्ने व्यवस्था मिलाइएको उनले बताए ।

त्यसैगरि सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कृष्ण ढकालले भोटेकोसीको घटनाको सञ्चालन सन्दर्भमा तीनवटा सुरक्षा निकायबीच अन्तर–निकाय समन्वयमा कुनै पनि किसिमको दुबिधा वा समस्या नरहेको स्पष्ट पाए । उनले सुरक्षा निकायबीचको समन्वयमा कुनै समस्या नभई क्लस्टरवाइज समन्वयलाई अझ प्रभावकारी बनाइएको दाबी गरे । 

ढकालले भोटेकोसी घटनाको समयमा ठूलो परिमाणको राहत सामग्री पुर्‍याउन ड्रोनको भन्दा पनि हेलिकप्टरको क्षमता बढी उपयोग गरिएको जानकारी दिए । बैठकमा समिति सदस्यहरूले सम्भावित विपद् जोखिम न्यूनीकरणका लागि सुरक्षा निकायलाई थप प्रविधिसहित तयारी अवस्थामा राख्नुपर्नेमा जोड दिएका थिए । 

प्रकाशित मिति : १३ कार्तिक २०८३, शुक्रबार  ५ : ३८ बजे

पत्रकारको धरपकडप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका पत्रकार तथा सञ्चारकर्मीमाथि भइरहेका सोधपुछ, धरपकड

पुर्जी बिना पत्रकारमाथि गरिएको धरपकडप्रति काउन्सिलको आपत्ति, तत्काल रिहा गर्न माग

काठमाडाैँ – विभिन्न सञ्चारमाध्यमका समाचार कक्षमै प्रवेश गरेर सादा पोसाकका

फिलिपिन्सको स्वशासित मुस्लिम क्षेत्रको नेतृत्वमा पूर्व विद्रोही नेता माकाकुआ

कोताबातो– किशोरावस्थामा फिलिपिन्सका राष्ट्रपति फर्डिनाण्ड मार्कोस जुनियरका बाबुसँग लडेका एक

पर्यटन प्रवर्द्धनका लागि कन्टेन्ट क्रियटरको आवेदन आह्वान

काठमाडाैँ – नेपालको प्राकृतिक सौन्दर्य, हिमाली गन्तव्य, मौलिक संस्कृति तथा