प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा « Khabarhub

प्रधामन्त्रीसँग सांसदले उठाए गाँजा खुलाउनेदेखि बाँदर नियन्त्रणसम्मका कुरा


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री बालेन्द्र शाहले प्रतिनिधि सभामा निर्वाचित सबै दलका सांसदहरूसँग संवाद अघि बढाएका छन्।

संसद् अधिवेशन आह्वान भइनसकेको अवस्थामा शाहले सातै प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सोमबारदेखि संवाद अघि बढाएका हुन् ।

उनले सोमबार कोशी र कर्णाली प्रदेशबाट निर्वाचित सबै दलका सांसदहरूसँग सिंहदरबारमा संवाद गरे । त्यसक्रममा उनीसँग सांसदहरू दलका नेतामाथि भइरहेको धरपकडदेखि जनजीविकाका कुरा पनि उठाएका छन् ।

छलफलमा सहभागी धनकुटाबाट निर्वाचित नेकपा एमालेका सांसद राजेन्द्रकुमार राईले सरकारले विकासका निम्ति हतार गर्नुअघि विधि बसाउन सुझाव दिएको खबरहबलाई बताए ।

‘बलियो सरकार बनेसँगै विकासका निम्ति जुन हतार गर्नु भएको छ । त्यसका लागि पहिले विधि बनाउनुस्’, उनले प्रधानमन्त्री शाहलाई भने, ‘अर्को कुरा नेपालमा धेरै समस्या छन् । तिनलाई हल गर्न रोजगारी बढाउनुपर्छ, रोजगारीका अवसर ल्याउनुपर्छ, त्यसमा तपाईंहरूले काम गर्नुस् ।’

राईले नेपाललाई समृद्ध बनाउन अब सरकारद्वारा लामो समयदेखि प्रतिबन्धित गरिएको गाँजालाई वैधानिकता दिनुपर्ने पनि बताएका छन् ।

नेपालमा लामो समयदेखि गाँजालाई वैधानिकता दिन कानुन निर्माणको कोसिस भए पनि अझैसम्म सफल हुन सकेको छैन । केही सांसदहरूको व्यक्तिगत पहलमा विधेयक निर्माणको कोसिस भए पनि मूर्तरुप पाएको छैन । तर बालेन्द्र नेतृत्वमा शक्तिशाली सरकार बनेकाले अब गाँजा खेती खुलाउनुपर्ने कुरा आफूले उठाएको राईले बताएका छन् ।

‘अब तपाईं नेतृत्वको यो शक्तिशाली सरकारले गाँजा खेतीलाई वैधानिकता दिनुपर्यो’, उनले प्रधानमन्त्रीलाई भनेको प्रसंग सुनाउँदै खरबहलाई भने, ‘अर्कातिर पहाडी क्षेत्रका कृषकलाई धेरै दु:ख दिएकाले मैले बाँदर नियन्त्रणका उपायबारेको कुरा पनि उठाएँ ।’

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  २ : ५५ बजे

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान

किन गरिन्छ घटस्थापना ? जानौँ दसैँको पहिलो दिनको महत्त्व

नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दसैँ हो। यो