सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै « Khabarhub

सिंहदरबारमा सुरू भयो मन्त्रिपरिषद् बैठक, केही महत्त्वपूर्ण निर्णय हुँदै


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


318
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मन्त्रिपरिषद्को बैठक सिंहदरबारमा सुरू भएको छ । प्रधानमन्त्री बालेनको सचिवालयका अनुसार बैठक अपराह्न सवा ४ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सुरू भएको हो ।

यस बैठकले विगतको सरकारमा पालामा भएका राजनीतिक नियुक्तिसहितका विषयमा महत्त्वपूर्ण निर्णय गर्न सक्ने अपेक्षा गरिएको छ।

अर्कातिर भ्रष्टाचारविरुद्धको अभियान तीव्र पारेको सरकारले यसबारे पनि ठोस निर्णय गर्न सक्ने चर्चा छ ।

शुक्रबार नयाँ सरकार गठन भएपछि यो दोस्रो मन्त्रिपरिषद बैठक हो । यसअघि सरकार गठनकै दिन शुक्रबार पहिलो बैठक बसेको थियो ।

पहिलो दिनको बैठकले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनमा भएको घटनाको छानबिन आयोगले बुझाएको प्रतिवेदन तत्काल कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

उक्त निर्णयअनुसार तत्कालीन प्रधानमन्त्री ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरी अनुसन्धान सुरु गरिसकेको छ ।

यस्तै पहिलो दिनको बैठकले एक सय बुँदे कार्यसूची पारित गरेको थियो । आजको बैठकले पनि महत्त्वपूर्ण निर्णय गर्ने अनुमान छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ४ : ३१ बजे

न्यून गुणस्तरको टिलसेट इन्जेक्सन बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं– औषधि व्यवस्था विभागले टिलसेट नामक इन्जेक्सनको एक ब्याच न्यून

गोविन्द केसीसँग संवाद जारी छ : शिक्षामन्त्री

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शैक्षिक परामर्श व्यवसायीका लागि

परराष्ट्रले भन्यो- अनलाइन स्क्यामिङ सेन्टरमा ठगीमा परेका ८६० जना नेपालीको उद्धार गर्‍यौँ

काठमाडौं– परराष्ट्र मन्त्रालय मन्त्रालयले मध्यपूर्वको द्वन्द्वका कारण सो क्षेत्रमा रहेका

राहुल गान्धीको आक्रोश : धर्मेन्द्र प्रधान अपराधी शिक्षामन्त्री हुन्, हटाउनै पर्छ

काठमाडौं । भारतमा नीट प्रश्नपत्र चुहावट प्रकरणलाई लिएर विपक्षी दल

चितवनमा ३४ परिवारलाई लालपुर्जा वितरण (तस्बिरहरू) 

चितवन– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले ३४ परिवारलाई जग्गाधनी दर्ता