वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण « Khabarhub

वीर अस्पतालमा आजदेखि महिलालाई निःशुल्क क्यान्सर परीक्षण


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


465
Shares
  • change font
  • change font
  • change font

कामठाडौं – आजदेखि वीर अस्पतालमा महिलालाई निःशुल्क रुपमा क्यान्सर परीक्षण सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले अस्पतालसँगको सहकार्यमा आज अस्पतालमा आयोजित कार्यक्रममा महिलाहरुको स्तन, पाठेघर तथा सर्भाकल क्यान्सरको परीक्षण सुरु गरिएको हो ।

क्यान्सर परीक्षण आगामी वैशाख २० गतेसम्म सञ्चालन हुने जनाइएको छ । परीक्षण शुभारम्भमा महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले क्यान्सर रोग समयमा पत्ता लगाउन सके जीवन बाँच्न सक्ने बताए ।

‘जाँच गरेर समयमा क्यान्सर पहिचान गर्न सकियो भने उपचार सरल र कम खर्चिलो हुन्छ । जीवन बचाउन सकिन्छ,’ उनले भने । सोही क्रममा उनले आफ्नो पनि क्यान्सर परीक्षण गराए ।

राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठानका उपकुलपति प्राडा भूपेन्द्रकुमार बस्नेतले यसअघि समयमा क्यान्सर पहिचान गर्न नसक्दा यो डरलाग्दो बनेको उल्लेख गरे । अस्पतालका कार्यकारी निर्देशक प्रा डा दिलिप शर्माले महिलाले पटकपटक क्यान्सर परीक्षण गर्नुपर्ने र क्यान्सर लाग्दैमा डराउनु नपर्ने बताए ।

महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक केसीले देशभरिका जोसुकै महिलाले अस्पतालमा गएर क्यान्सर परीक्षण गराउन सक्ने बताए । उनका अनुसार क्यान्सर परीक्षणका लागि महानगरका ३२ वटा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट प्रेषण (रिफर) पुर्जी लिएर अस्पतालमा गएर क्यान्सर परीक्षण गराउन सकिनेछ । महिलाको क्यान्सर परीक्षणका लागि महानगरले अस्पताललाई एक करोड ५० लाख रुपैयाँ उपलब्ध गराएको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ८ : ४० बजे

वाणिज्य बैंकहरूमा मुद्दतीतर्फको औसत ब्याजदरमा थप गिरावट

काठमाडौं– चालु आर्थिक वर्षको भदौ महिनाको तुलनामा वाणिज्य बैंकहरूमा असोज

एकैदिन तोलामा एक हजार ७०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  सुनको

सर्वोच्च अदालतको मुद्दा फाँटमा आगलागी, कसरी लाग्यो आगो ?

काठमाडौँ – सर्वोच्च अदालतको निर्माणाधीन नयाँ भवनमा बुधबार पुनः आगलागी

मर्स्याङ्दी नदीमा पानीको सतह बढ्यो : सतर्कता अपनाउन आग्रह

लमजुङ– लगातार वर्षा भइरहेका कारण मर्स्याङ्दी नदीमा पानीको सतह बढेको

पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध

काठमाडौं– अविरल वर्षाका कारण पहिरो जाँदा लमजुङ–मनाङ जोड्ने एकमात्र बेँसीसहर–चामे