सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु, सेवाग्राहीको चाप बढ्यो « Khabarhub

सुविधा सम्पन्न नयाँ भवनबाट स्वास्थ्य सेवा सुरु, सेवाग्राहीको चाप बढ्यो


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– जीर्ण भवनबाट स्वास्थ्य सेवा दिँदै आएको सिपाडोल स्वास्थ्यचौकीले आजदेखि सुविधा सम्पन्न नयाँ भवनबाट आफ्नो सेवा सुरु गरेको छ । 

बागमती प्रदेश सरकारको ४३ लाख र सूर्यविनायक नगरपालिकाको १० लाख गरी कुल ५३ लाखमा निर्माण सम्पन्न भएको सूर्यविनायक नगरपालिका–८ स्थित सिपाडोल स्वास्थ्यचौकीले नयाँ भवनबाट सेवा दिन थालेपछि अहिले अस्पतालमा सेवाग्राहीको चाप बढेको वडा नं ७ का वडाध्यक्ष पुष्पराज बस्नेतले जानकारी दिए ।
    
उनले भने, ‘स्वास्थ्यको जीर्ण भवनमा सेवा दिइरहेका थियौँ, स्वास्थ्यमन्त्री किरण थापाले मन्त्रालयबाट राखिदिएको बजेट र नगरपालिकाबाट प्रमुख वासुदेव थापाले राखिदिएको बजेटले सुविधा सम्पन्न भवन निर्माण गरी सेवा सञ्चालन गर्न सफल भएका छौँ, भवन र सेवा विस्तारले स्वास्थ्यचौकी होइन कि सानो अस्पतालकै स्वरूपमा भवन र सेवा अगाडि बढेको छ ।’

स्वास्थ्यचौकी उद्‌घाटन गर्दै बागमती प्रदेश सरकारका स्वास्थ्यमन्त्री किरण थापामगरले बागमती प्रदेशका १३ वटै जिल्लाका जिल्ला अस्पतालदेखि स्वास्थ्यचौकीसम्मलाई विशेषज्ञ सेवा विस्तार गर्ने लक्ष्य लिएको बताए। 

उनले भने, ‘हाम्रा लागि नागरिकको स्वास्थ्य नै सबैभन्दा महत्वपूर्ण विषय हो, त्यसैले स्वास्थ्य मन्त्रालयले सुगममा मात्रै नभई जिल्ला जिल्लाको दुर्गम क्षेत्रमा पनि प्रविधिसँगै विशेषज्ञ स्वास्थ्य सेवाको पहुँच पुर्याउने कार्य विस्तार गरेका छौँ ।

मन्त्री थापामगरले स्वास्थ्यचौकीलाई प्रविधिमैत्री र विशेषज्ञसहितको जनशक्ति थप गर्दै लगेका छौँ भन्दै सूर्यविनायक नगर अस्पताललाई पनि ट्रमा सेन्टरका रुपमा विकास गरिने बताए।

बागमती प्रदेशभरिका स्वास्थ्य संस्थाको भवन निर्माणदेखि स्तरोन्नति, गणस्तरीय विशेषज्ञ सेवा विस्तार र निःशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउँदै आमजनताको विश्वसनीय स्वास्थ्य सेवा उपलब्ध गर्ने संस्थाका रुपमा विकास गरिरहेको उनको भनाइ छ । 

कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले स्वास्थ्यजस्तो संवेदनशील विषयलाई नगरपालिकाले निकै महत्वका साथ हेरेर स्वास्थ्य केन्द्रित बजेट विस्तार गर्दै आएको उल्लेख गर्दै सूर्यविनायक नगरपालिकाले अब विकासका धेरै काम सम्पन्न गरिसकेकाले शिक्षा, स्वास्थ्य र रोजगारीमा केन्द्रित बजेट विनियोजन गरिने नीति लिएको जानकारी दिए । नगरपालिकाले जनशक्तिदेखि प्रविधिसम्मको विस्तार गर्दै आमनागरिकको दैलोमै स्वास्थ्य सेवाको पहुँच पुर्‍याउने उनको भनाइ छ । 
    
नगरपालिकाका उपप्रमुख, सरिता तिमिल्सिना भट्टराईले यहाँका बासिन्दाले नागरिकले सस्तो छिटोछरितो सेवा लिनसक्ने उल्लेख गर्दै महिलाको पाठेघरको क्यान्सर, स्त्रीरोगसम्बन्धी जाँच अब निःशुल्क गर्ने बताए।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  १ : ०२ बजे

फेरि अर्को लेनदेनको काण्डमा नायक भुवन केसी

काठमाडौं – केही समयअघि मिडिया को-ओर्डिनेर स्वर्गीय दिनेश सिटौलालाई पारिश्रमिक

अफगानिस्तानको हेरातमा महिला उद्यमीलाई सशक्त बनाउन महिला बजारको सुरुवात

काबुल- पश्चिमी अफगानिस्तानको हेरात प्रान्तमा महिला उद्यमीहरुलाई सशक्त बनाउनको लागि

आधा दर्जन पुल अलपत्र

चन्द्रपुर (रौतहट)- रौतहट निर्वाचन क्षेत्र नं ३ मा बन्ने आधा

चट्याङ लागेर ३९ भेडाबाख्रा मरे

बाजुरा– चट्याङ लागेर बाजुरामा बुधबार वनमा चराउन लगिएका ३९ भेडाबाख्रा

त्रिवि पदाधिकारीले दिए सामूहिक राजीनामा

काठमाडौं- त्रिभुवन विश्वविद्यालयका पदाधिकारीहरूले राजीनामा दिएका छन् । सबै राजनीतिक