शीतल निवासमा अड्किएका अध्यादेशबारे कानुनी परामर्श गर्दै राष्ट्रपति « Khabarhub

शीतल निवासमा अड्किएका अध्यादेशबारे कानुनी परामर्श गर्दै राष्ट्रपति


१७ बैशाख २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


591
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका छन् । तर सरकारद्वारा सिफारिस अन्य अध्यादेशबारे उनी कानुनी परामर्शमा छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम उक्त अध्यादेश जारी गरिएको छ ।

यसअघि सरकारले ६ वटा अध्यादेश स्वीकृतिका लागि सिफारिस गरेको थियो । जसमध्ये राष्ट्रपति पौडेलले सहकारीसम्बन्धी अध्यादेशमात्र जारी गरेर बाँकीबारे छलफल अघि बढाएका हुन् ।

पौडेलले सरकारले सिफारिस गरेका अन्य ५ अध्यादेशबारे राष्ट्रपति भवन शीतल निवासमा संविधानविद् तथा कानुनविदहरूसँग परामर्श गरेका हुन् ।

बिहीबार शीतल निवासमा गरिएको परामर्शमा कानुनविद्हरू बद्रीबहादुर कार्की, महादेव यादव, पूर्णमान शाक्य, डा. भीमार्जुन आचार्य र टीकाराम भट्टराई सहभागी थिए ।

सरकारले संवैधानिक परिषद् काम कर्तव्य अधिकार र कार्यविधि सम्बन्धी ऐन २०६६ लाई संशोधन गर्न अध्यादेश जारी गर्ने तयारी गरेको छ।

सहकारी ऐन २०७४ लाई संशोधन गर्न बनेको अध्यादेश पनि राष्ट्रपति कहाँ प्रमाणित गर्न पुर्‍याइएको छ ।

विश्वविद्यालय र स्वास्थ्य शिक्षा प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जस अन्तर्गत २० वटा ऐन संशोधन गर्ने तयारी सरकारको छ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहीबार  ७ : ०५ बजे

‘स्ट्रेट अफ होर्मुज’ मा कार्गो जहाजमा प्रहार

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो

भारतीय अभिनेता प्रदीप रावतको निधन

काठमाडौँ । लगान र गजनी लगायतका चर्चित भारतीय चलचित्रमा अभिनय

रेडक्रसमा ‘भ्रष्टाचार र बेथिति’ को थप उजुरी दिन आह्वान

काठमाडौँ- नेपाल रेडक्रस सोसाइटीले मातहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार

ग्यास अभाव नभएको निगमको दाबी, उपभोक्ताले पाएनन्

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट

एन्फाको निलम्बन फुकुवाका लागि मध्यस्तकर्ता बन्न फुटबलर्स मिसन टुगेदर तयार

काठमाडौं । फुटबलर्स मिसन टुगेदरले अखिल नेपाल फुटबल संघ (एन्फा)लाई