लागूऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ « Khabarhub

लागूऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको छ । प्रहरीले काठमाडौँ, भक्तपुर, झापा, बर्दिया, सुनसरी, कञ्चनपुर, नुवाकोट र सिराहाबाट अवैध लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको हो ।

काठमाडौँको टोखा नगरपालिका–९ गोङ्गबुबाट ब्राउनसुगर जस्तो देखिने पदार्थसहित दुई, झापाको गौरीगङ्ज गाउँपालिका–२ बाट दुई, मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट एक, बिर्तामोड नगरपालिका–४ कन्चनजङघा टोलबाट दुई पक्राउ परेका नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले जनाएको छ ।

भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे चोकबाट एक, मध्यपुरथिमि नगरपालिका–९ बोडेबाट एक, मध्यपुरथिमि–५ राधेराधे डेरा गरी बस्ने जुम्ला घर भएका एक जना पक्राउ परेका छन् ।

त्यस्तै, बर्दियाको राजापुर नगरपालिका-१० कोठियाघाट पुलबाट एक, सुनसरीको बराहक्षेत्र नगरपालिका–६ ठाकुरबारीबाट छ, इनरूवा नगरपालिका–४ बसचोकबाट तीन, बराहक्षेत्र नगरपालिका–७ सोमबारेबाट दुई, धरान उपमहानगरपालिका–१३ आदर्श नगरबाट एक, इटहरी उपमहानगरपालिका–१७ पकलीबाट पाँच, इटहरी उपमहानगरपालिका–१७ बाट एक जना पक्राउ इलाका प्रहरी कार्यालयले जनाएको छ ।

कञ्चनपुरको पुनर्वास नगरपालिका–११ अमरबस्ती मसानघाटबाट तीन, नुवाकोटको विदुर नगरपालिका९ बाघटारबाट दुई, सिराहाको गोलबजार नगरपालिका-६ गुम्बाटोलबाट एक जनालाई इलाका प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  ११ : ३७ बजे

भटौली खोलामाथि निर्माणाधीन पक्की पुल अन्तिम चरणमा

मन्थली– जिल्लाको मन्थली नगरपालिका-७ र खाँडादेवी गाउँपालिका-४ जोड्ने भटौली खोलामाथि

एमाले केन्द्रीय सदस्यहरूको कार्यविभाजन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सदस्यहरूको कार्यविभाजन गरिएको

लागूऔषधसहित विभिन्न स्थानबाट ३५ जना पक्राउ

काठमाडौँ– प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागूऔषधसहित ३५ जनालाई पक्राउ गरेको

आज अन्तर्राष्ट्रिय आलु दिवस : ‘आलु जहाँ फल्छ, त्यहाँ जीविकोपार्जन फस्टाउँछ’

काठमाडौँ– आज अन्तर्राष्ट्रिय आलु दिवस हो । ‘आलु जहाँ फल्छ,

पशुपालक महिलाको अन्तर्राष्ट्रिय सम्मेलन

काठमाडौँ– चरन तथा पशुपालनमा संलग्न महिलाको अन्तर्राष्ट्रिय सम्मेलनले दिगो चरनभूमि