विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो « Khabarhub

विशेष आर्थिक क्षेत्र दोमिल्लामा बहुउद्देश्यीय योग भवन निर्माण ९० प्रतिशत सकियो


१६ जेठ २०८३, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– कृष्णपुर नगरपालिका-१ दोमिल्लामा योग भवन निर्माण अन्तिम चरणमा पुगेको छ । वडा कार्यालय र नगरपालिकाको रु १८ लाखको संयुक्त लगानीमा निर्माण भइरहेको भवनको हालसम्म ९० प्रतिशत काम सम्पन्न भएको हो । 

कृष्णपुर-१ का वडाध्यक्ष मोहन बस्नेतले योग तथा व्यायामप्रति नागरिकको आकर्षण बढाउँदै स्वस्थ बनाउने उद्देश्यले भवन निर्माण थालिएको बताए। 

‘जनस्वास्थ्य र शारीरिक व्यायामलाई प्राथमिकतामा राखेर भवन निर्माण गरिरहेका छौँ’, उनले भने, ‘यो भवनलाई बहुउद्देश्यीय रूपमा प्रयोग गर्न सकिनेछ, बिहान र बेलुकाको समयमा योग अभ्यास तथा व्यायामका लागि प्रयोग हुनेछ भने दिउँसो विभिन्न सामाजिक तथा सामुदायिक कार्यक्रम सञ्चालन गर्न सकिनेछ ।’

वडाध्यक्ष बस्नेतका अनुसार भवनलाई आवश्यकता अनुसार पार्टी प्यालेसका रूपमा समेत प्रयोग गर्न सकिने गरी संरचना निर्माण भइरहेको छ । स्थानीयस्तरमा सभा, गोष्ठी, तालिम तथा सामुदायिक कार्यक्रम सञ्चालनका लागि उपयुक्त स्थानको अभाव भइरहेका बेला भवनले बहुआयामिक उपयोगिता दिने अपेक्षा गरिएको उनले बताए। 

योसँगै भवन परिसरमा रहेको खुला चौरलाई आगामी दिनमा पार्कका रूपमा विकास गर्ने योजना वडा कार्यालयले अघि सारेको छ । सीमित बजेटका कारण सबै संरचना एकैपटक निर्माण गर्न नसकिए पनि आगामी वर्षहरूमा आवश्यक पूर्वाधार थप्दै जाने योजना रहेको वडाध्यक्ष बस्नेतले जानकारी दिए।

‘यहाँ पर्याप्त खुला चौर छ, यसलाई पार्कका रूपमा विकास गर्ने योजना बनाएका छौँ’, उनले भने, ‘वडासँग सीमित बजेट हुने भएकाले धेरै संरचना एकैपटक निर्माण गर्न सकेका छैनौँ, तर, चरणबद्ध रूपमा यस क्षेत्रलाई व्यवस्थित गर्दै आन्तरिक पर्यटन प्रवर्द्धन गर्ने योजना छ ।’

स्वास्थ्यकर्मी योगेन्द्र साउदले योग भवन निर्माण भएपछि नियमित व्यायाम गर्ने नागरिकलाई सहज हुने बताए। हाल स्थानीयवासी खुला चौरमा व्यायाम तथा योग अभ्यास गर्दै आएका छन् ।
 

प्रकाशित मिति : १६ जेठ २०८३, शनिबार  २ : ३५ बजे

पहिरो र बाढीका कारण देशका विभिन्न सडक अवरुद्ध : मेची राजमार्ग ठप्प

काठमाडौँ – अविरल वर्षा, पहिरो तथा बाढीका कारण देशका विभिन्न

इजरायल नीतिको विरोध गर्दै अमेरिकी सिनेट चुनावमा डा.सयद

मिसिगन – दक्षिणी लेबनानमा इजरायली आक्रमणबाट आफ्नो पैतृक गाउँ ध्वस्त

मनसुनको प्रभाव कायम, केही स्थानमा भारी वर्षाको पूर्वानुमान

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

गृहमन्त्री गुरुङसँग हिन्दू सम्राट सेनाले गर्‍यो १३ बुँदे सहमति

जनकपुरधाम – गृहमन्त्री सुधन गुरुङसहितको सरकारी वार्ता टोली र हिन्दूवादी

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर