‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’ « Khabarhub

‘आवेग होइन विवेक प्रयोग गरौँ, घृणाको आगो निभाऔँ’


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वप्रधानमन्त्री एवं नेसपा अध्यक्ष डा. बाबुराम भट्टराईले तराई–मधेशका विभिन्न भागमा फैलिरहेको साम्प्रदायिक दंगा र हिंसाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै सबै पक्षलाई संयमित हुन र एक ढिक्का भएर संकट समाधानमा लाग्न आग्रह गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वप्रधानमन्त्री भट्टराईले केही दिनयता मधेशमा भइरहेको हिंसात्मक गतिविधिले ठूलो संख्यामा जनधनको क्षति पुर्‍याएको र देशमा असहज परिस्थिति निर्माण गरेको उल्लेख गरेका छन्। उनले यस किसिमको अशान्ति राष्ट्रिय चिन्ताको विषय भएको बताएका छन्।

“विवेकमाथि आवेग हावी हुँदै गयो भने झन् अकल्पनीय परिस्थिति उत्पन्न हुन सक्छ,” भट्टराईले लेखेका छन्, “विभिन्न दृश्य तथा अदृश्य शक्तिहरूले हात हालेर संघीय लोकतान्त्रिक गणतन्त्र र राष्ट्रिय स्वाधीनतामाथि नै खतरा उत्पन्न हुन सक्छ।”

आन्तरिक फुटका कारण बाह्य शक्तिले फाइदा उठाउने भन्दै उनले ‘भाइ फुटे गँवार लुटे’ को स्थिति आउन दिन नहुने चेतावनी दिएका छन्। यो आसन्न संकटलाई तुरुन्तै निमिट्यान्न पार्न सरकार, राजनीतिक दलहरू र सबै जाति, धर्म तथा समुदायका देशभक्त नागरिकहरू कुनै ‘किन्तु-परन्तु’ नगरी एक हुनुको विकल्प नरहेको उनको भनाइ छ।

विवाद र अशान्तिका बीच राज्यका माथिल्लो तहका नेतृत्व, राजनीतिक दल र सामुदायिक नेताहरूबीच सुरु भएको संवाद र सहकार्यलाई भने उनले सकारात्मक कदमका रूपमा लिएका छन्।

नेतृत्व र दलका गल्ती-कमजोरीको समीक्षा पछि पनि गर्न सकिने भन्दै उनले अहिलेको प्राथमिकता घृणा र आक्रोशको आगो निभाउनु रहेको स्पष्ट पारेका छन्। “देश र लोकतन्त्र रहे हामी सबै रहन्छौँ, अरू हिसाबकिताब पछि हुँदै रहन्छ,” भट्टराईले भनेका छन्।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ५ : ३६ बजे

पाकिस्तानी ब्रोड पिकमा हिमपहिरो, निर्मल पुर्जासहित १० आरोही बेपत्ता

काठमाडौं– प्रसिद्ध पर्वतारोही निर्मल पुर्जा पाकिस्तानको ब्रोड पिक हिमालमा आएको

देवानगञ्ज घटनामा मृतकका परिवार र सरकारबीच ७ बुँदे सम्झौता, शहीद घोषणा प्रक्रिया अघि बढाइने

काठमाडौँ– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कमानागाछीमा यही साउन १० गते भएको

‘मास्टर्नी’ले फर्काउला त प्रियंकाको गुमेको क्रेज ?

काठमाडौँ – दशकको अवधिका एक–दुई नायक–नायिका प्राइममा रहन्छन् । नयाँ

देशभर मनसुनी वायुको प्रभाव, केही भूभागमा भारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

व्यावसायिक अधिकार बेच्ने फिफाको योजनाप्रति युइएफएको आपत्ति, विश्वकप बहिष्कारको चेतावनी

एजेन्सी— अन्तर्राष्ट्रिय फुटबल महासङ्घ (फिफा) ले विश्वकप र आफ्ना अन्य