रविलाई पछ्याउँदै वालेन्द्र : मधेशवादी दलका नेतालाई सिंहदरबारमा बोलाएर थाले संवाद « Khabarhub

रविलाई पछ्याउँदै वालेन्द्र : मधेशवादी दलका नेतालाई सिंहदरबारमा बोलाएर थाले संवाद


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले मधेशबाट प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका नेताहरूसँग छलफल सुरू गरेका छन्।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा सुनसरीलगायत मधेशका केही जिल्लामा उत्पन्न तनाव समाधानबारे छलफल भइरहेको छ।

छलफलमा जनमत पार्टीका अध्यक्ष डा. सीके राउत, जनता समाजवादीका वरिष्ठ नेता महन्थ ठाकुर, महन्थ ठाकुर,राष्ट्रिय मुक्ति क्रान्ति नेपालका अध्यक्ष राजेन्द्र महतो छन्।

त्यसैगरी मधेशका पूर्वमुख्यमन्त्री लालबाबु राउत, मुस्लिम आयोगका समिम मियाँ अन्सारी, राम के शर्मा, आमजनता पार्टीका प्रभु शाह, राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. अमरेशकुमार सिंह, पूर्वमन्त्री शरतसिंह भण्डारी र जयकान्त राउत लगायत सहभागी छन्।

सुनसरीबाट सल्किएको साम्प्रदायिक हिंसाको आगो मधेशमा पनि सल्किएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूलाई निरन्तर सक्रिय बनाएका थिए । उनले बुधबार सर्वदलीय बैठक गरे। त्यसपछि बिहीबार मधेशवादी दलका नेतालाई भेटे। वालेन्द्रले पनि रविले भेटेका नेतालाई सिंहदरबार बोलाएका हुन्।

बुधबार सर्वदलीय बैठक राखेका रविले राष्ट्रपति रामचन्द्र पौडेललाई समेत भेटेर ब्रिफिङ गरे। उता बिहीबार साँझ उनले मधेशकेन्द्रित दलका शीर्ष नेताहरूलाई सिंहदरबारमा बोलाएर संवाद गरे । त्यस्तै बिहीबार राति नै वालेन्द्रले प्रधानमन्त्री बनेको चार महिनापछि राष्ट्रपतिलाई भेटे ।

वालेन्द्रले बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम तय भइरहँदा रविले मधेशवादी दलका नेतासँग लामो संवाद गरेका थिए । सुनसरीस्थित देवानगञ्ज गाउँपालिकाको कप्तानगञ्जबाट दुई समुदायबीच बढेको तनाव मधेशभर सरेको अवस्थामा रविको सक्रियताले बालेनमाथि पनि दबाब बढाएको थियो ।

बिहीबार दिउँसो आन्तरिक छलफल गरेपछि मधेशवादी नेताहरू साँझ सत्तारुढ दलका सभापति रवि लामिछानेलाई सिंहदरबार पुगेर भेटेका थिए । रविकै शैलीमा बालेनले पनि मधेशवादी दललाई बोलाएका हुन् । बालेनले राजनीतिक दलका नेतासँग प्रत्यक्ष रुपमा संवाद गरेको यो दोस्रो घटना हो । यसअघि उनले प्रधानमन्त्री भएपछि पहिलो पटक राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग एक्लै संवाद गरेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ११ : ५० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा