मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ? « Khabarhub

मधेशवादी दलका नेताले प्रधानमन्त्रीलाई सोधे : ताकेरै कम्मरमाथि गोली चलाउन कसले आदेश दियो ?


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार मधेसवादी दलहरूसँग छलफल गरेका छन्। प्रधानमन्त्री भएयता दोस्रो पटक उनी दलका नेतासँग बसेका हुन्।

यसअघि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसँग संवाद गरेका उनले देशमा संकट निम्तिएपछि अन्य दलका नेतासँग पनि संवाद अघि बढाएका हुन् ।

छलफलका क्रममा मधेसवादी दलका नेताहरूले प्रधानमन्त्री शाहलाई आन्दोलनमा उत्रिएकाहरूलाई ताकेर कम्मरमाथि गोली चलाउन कसले आदेश दियो भन्ने प्रश्न गरेका छन् ।

सामान्यतया कुनै पनि घटनामा गोली चलाउनुपर्ने अवस्था आइपरे सबैभन्दा पहिले कम्ममुनि लाग्ने गरी हान्नुपर्ने नियम छ। तर प्रहरीले कम्मरदेखि माथि छाती र टाउकोमा ताकी ताकी गोली हानेकाले आफूहरूले जवाफ मागेको बैठकमा सहभागी नेता राजेन्द्र महतो बताउँछन्।

गत आइतबार राति सुनसरीको देवानगञञ्जमा भएको घटनापछि बुधबारदेखि मधेश प्रदेश पनि अशान्त हुँदा पनि प्रधानमन्त्री तनावमा छन् । पाँचच दिनसम्म मौनता साँधेका उनी दबाब थेग्न नसकेपछि सक्रिय हुन बाध्य भएका छन् । नेताहरूले पनि पाँच दिनपछि मात्रै सक्रिय हुनुपर्ने परिस्थिति कसरी बन्यो भन्नेसमेत प्रश्न बालेनलाई गरे।

सरकारको नेतृत्व र सुरक्षा निकायबाट पनि गम्भीर कमजोरी भएको उल्लेख गर्दै मधेशवादी दलका नेताले प्रधानमन्त्री शाहलाई सुरक्षा निकायका व्यक्तिमाथि अनुसन्धान हुनुपर्ने माग राखे । गत आइतबारदेखि सुरू तनावपूर्ण घटनामा राजनीति स्वार्थहरू घुसेको हुनसक्ने संकेत नेताहरूको थियो ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  १ : ३२ बजे

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान

समस्याग्रस्त १२ सहकारीका थप २३५ जनाले पाए रकम

काठमाडौँ : समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले  १२ समस्याग्रस्त सहकारीको २३५ जनाको

खगेन्द्र सुनार प्रकरण : प्रहरीले थाल्यो आन्तरिक अनुसन्धान

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले

शिक्षक सरुवामा नयाँ नियम: एक वर्ष पुगेपछि नै सरुवा मिल्ने, पारस्परिकको हकमा के ?

२७ असोज, काठमाडौँ । शिक्षा नियमावलीमा गरिएको नयाँ संशोधनमार्फत सामुदायिक

सुदूरपश्चिम प्रदेशको बजेट पारित

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशमा बजेट शून्यताको अवस्था हटेको छ ।