कविताले ब्रोड पिकमा अस्ताएका युक्तलाई सम्झिँदै भनिन् : हिमालका हरेक पलले झस्काइरहेका छन् « Khabarhub

कविताले ब्रोड पिकमा अस्ताएका युक्तलाई सम्झिँदै भनिन् : हिमालका हरेक पलले झस्काइरहेका छन्


१५ श्रावण २०८३, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


423
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पाकिस्तानको हिमाल ब्रोड पिक आरोहणका क्रममा ज्यान गुमाएका गोरखाका पुरबहादुर गुरुङ ‘युक्त’लाई नायिका कविता नेपालीले सम्मानसहित सम्झना गरेकी छन्।

युक्त मृत फेला भेटिएको कुरा शुक्रबार दिउँसो पुष्टि भएको हो । त्यसपछि कविताले सामाजिक सञ्जाल युक्तसँगको फोटो सार्वजनिक गरेकी थिइन् ।

युक्तबारे कविताले लेखेकी छन्, ‘तपाईं एक साहसी र बलियो शेर्पा मात्रै हुनुहुन्नथ्यो, मैले चिनेका सबैभन्दा कोमल मन भएका व्यक्तिमध्ये एक हुनुहुन्थ्यो।’

आफू हिमाल चढने क्रममा युक्तसँग खिचेको फोटो पनि उनले सेयर गरेकी छन् । लेखेकी छन्, ‘आज हिमालका हरेक पलहरूले मलाई झस्काइरहेका छन्, अनि तपाईं हामीमाझ हुनुहुन्न भन्ने कुरा अझै पत्याउनै सकेको छैन, युक्त दाइ।’

उनले श्रद्धाञ्जली दिँदै ‘महान् व्यक्ति’लाई कहिल्यै नबिर्सने भन्दै सम्मान पनि देखाएकी छन् ।

कविताले सन् २०२५ मा २४ घण्टाभित्र ८ हजार फिटभन्दा अग्ला दुई हिमालको सफल आरोहण गरेकी थिइन् ।

प्रकाशित मिति : १५ श्रावण २०८३, शुक्रबार  ५ : ३९ बजे

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

आज २०८३ साल असोज ३१ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज ३१ गते शनिबार सन् २०२६

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा