रसुवागढीको सुरुङभित्र कोही भेटिएनन्, सेनाको उद्धार टोली धुन्चे फर्कियो « Khabarhub

रसुवागढीको सुरुङभित्र कोही भेटिएनन्, सेनाको उद्धार टोली धुन्चे फर्कियो


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


447
Shares
  • change font
  • change font
  • change font

रसुवा- रसुवाको भोटेकोशी नदीमा बुधबार आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र गरिएको खोजी कार्यमा कोही मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।

बाढीपछि सुरुङको अन्तिम भागमा मानिसहरू फसेको हुनसक्ने आशंका गरिएपछि सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो।

उद्धार टोलीले सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेर सम्भावित क्षेत्रमा खोजी गरेको थियो।

टोलीले सुरुङभित्र ड्रोनसमेत उडाएर अवस्थाबारे निरीक्षण गरेको थियो। तर, खोजीका क्रममा सुरुङभित्र कुनै पनि मानवीय उपस्थिति फेला नपरेको बताइएको छ।

सुरुङको अन्तिम बिन्दुसम्मै पुगेर खोजी गर्दा समेत कोही व्यक्ति नभेटिएपछि त्यहाँ मानिस फसेको आशंका हटेको छ। खोजी कार्य सम्पन्न भएपछि नेपाली सेनाको टोली रसुवाको धुन्चे फर्किएको छ।

भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनासहित आसपासका क्षेत्रमा ठूलो क्षति पुगेको छ।

बाढीपछि आयोजनामा कार्यरत कर्मचारी तथा अन्य व्यक्तिको अवस्थाबारे विभिन्न आशंका उत्पन्न भएपछि सुरुङलगायत जोखिमयुक्त क्षेत्रमा खोजी तथा उद्धार अभियान सञ्चालन हुँदै आएको छ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  १ : ०६ बजे

आजको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

झापामा पेट्रोलियम पदार्थको अभाव छैन : आयल निगम

झापा– चाडबाडका समयमा ग्यास तथा पेट्रोलियम पदार्थको कृत्रिम अभाव हुन

च्याम्पियन्स लिग : लिलमाथि आर्सनलको सहज जित

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिग फुटबलमा आर्सनलले सहज जित निकालेको छ

सेवाग्राहीको भौतिक उपस्थिति बिना नै प्रशासनको सेवा

खोटाङ– जिल्ला प्रशासन कार्यालय खोटाङले सेवाग्राहीको भौतिक उपस्थिति बिना नै

विदेशमा जीवन, नेपालमा कलाकारिता : कलाकार जो वर्षौंपछि पर्दामा फर्किए

कुनै समय नेपाली फिल्मको पर्दामा लगातार देखिने कलाकार अहिले कहाँ