फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’ « Khabarhub

फ्लप बन्यो प्रियंकाको ‘कपी’ फिल्म ‘मास्टर्नी’


१५ भाद्र २०८३, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायिका प्रियंका कार्कीको होम प्रोडक्सनमा बनेको पहिलो फिल्म ‘मास्टर्नी’ बक्स अफिसमा फ्लप भएको छ ।

चलचित्र विकास बोर्डका अनुसार सुरुवाती ९ दिनमा यो फिल्मले ३९ लाख ५२ हजार मात्रै ग्रस कलेक्सन गरेको छ । भदौं ५ देखि प्रदर्शनमा आएको यो फिल्म हेर्न भदौ १४ सम्म ११ हजार ९९६ वटा मात्रै टिकट खरिद-बिक्री भएको छ ।

प्रियंकालाई डेब्यू निर्माण रहेको फिल्मबाटै व्यवसायिक धक्का लागेको हो ।

अर्कोतर्फ प्रियंकालाई यो फिल्मबाट ‘चोरी’को ट्याग लागेको छ । ‘मास्टर्नी’ भारतीय फिल्म ‘दृश्यम’सँग हुबहु मिल्छ । सोहीकारण उनलाई स्क्रिप्ट चोरी वा ‘कपी’को आरोप लागेको छ ।

यही नकारात्मक प्रतिक्रियाका कारण यो फिल्मप्रति दर्शकको आकर्षण घटेको हो ।

यस फिल्ममा प्रियंका नै शीर्ष भूमिकामा छिन् । उनीसहित फिल्ममा नायकहरू प्रमोद अग्रहरी, आर्यन सिग्देल, रक्षा थापा र सिम्रन खड्का शीर्ष भूमिकामा छन् ।

प्रकाशित मिति : १५ भाद्र २०८३, सोमबार  २ : ५५ बजे

‘केन्द्र सरकारले समन्वय गरेन, मन्त्रीहरू टुरिस्ट शैलीमा आउँछन्, बाढी प्रभावित पालिका निरीह भयौँ’

काठमाडौं- नुवाकोटको किस्पाङ गाउँपालिका कार्यवाहक अध्यक्ष अर्जुन न्यौपानेले बाढी प्रभावित

अमेरिका–दक्षिण कोरिया–जापानको संयुक्त सैन्य अभ्यासप्रति उत्तर कोरियाको आपत्ति

एजेन्सी– दक्षिण कोरिया, संयुक्त राज्य अमेरिका र जापानले सेप्टेम्बरमा आयोजना

परराष्ट्रले भन्यो- ३८ देशका करिब ५९० विदेशी नागरिक अझै सम्पर्कविहीन छन्

काठमाडौं– परराष्ट्र मन्त्रालयले ३८ देशका करिब ५९० विदेशी नागरिक अझै

रसुवा बाढी : ३३० जनाको उद्धार, सुरुङमा खोजीकार्य जारी

रसुवा– रसुवामा यही भदौ १० गते भोटेकोशीमा गएको बाढीका कारण

रसुवामा विद्युत् आपूर्तिका लागि साञ्जेन जलविद्युत् गृह ‘आइसोलेटेड मोड’मा सञ्चालन गरिने

काठमाडौं– भोटेकोशी बाढीका कारण विद्युत् आपूर्ति प्रभावित बनेको रसुवामा सेवा