प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने « Khabarhub

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरमा दुई हजारभन्दा बढी कर्मचारी खटाइने


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

कञ्चनपुर– आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीन वटै निर्वाचन क्षेत्रमा दुई हजार एक सय ६६ कर्मचारीलाई खटाइने भएको छ ।
 
जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी भानबहादुर महराका अनुसार तीन वटै निर्वाचन क्षेत्रमा तीन सय ६० स्थायी र दुई अस्थायी मतदान केन्द्र छन् । प्रत्येक स्थायी निर्वाचन केन्द्रमा छ जनाका दरले कर्मचारी खटाइने छ । 

प्रत्येक निर्वाचन केन्द्रमा एकजना मदान अधिकृत, एक जना सहायक मतदान अधिकृत, तीन जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगीलाई खटाउने व्यवस्था मिलाइएको छ । 

अस्थायी निर्वाचन केन्द्रमा भने तीन जना कर्मचारीलाई खटाइने छ । जसमा एक जना मतदान अधिकृत, एक जना सहायक मतदान अधिकृत र एकजना कार्यालय सहयोगीलाई खटाइने छ । 
 
निर्वाचनमा निजामतीतर्फका स्थायी कर्मचारी, स्थायी शिक्षक र संस्थानका कर्मचारीलाई सम्बन्धित निर्वाचन क्षेत्रका निर्वाचन अधिकृतले खटाउने व्यवस्था रहेको छ । प्रत्येक निर्वाचन केन्द्रमा स्वयमसेवकको नियुक्ति भने सम्बन्धित मतदान अधिकृतले गर्ने छन् । 

केही दिनभित्रै निर्वाचनमा खटिने कर्मचारीको विवरण संकलन र खटनपटनको कार्य अगाडि बढाइने निर्वाचन क्षेत्र नं २ का निर्वाचन अधिकृत प्रकाशबहादुर भण्डारीले बताए। 

कञ्चनपुरको निर्वाचन क्षेत्र नं १ मा एक सय २२, निर्वाचन क्षेत्र नं २ मा एक सय २३ र निर्वाचन क्षेत्र नं ३ मा एक सय १५ गरी कूल तीन सय ६० मतदान केन्द्र रहेका छन् । विगतको भन्दा यस निर्वाचनमा मतदाताको चापलाई मध्यननगर गरी १४ वटा मतदान केन्द्र थप गरिएका छन् भने दुई वटा अस्थायी मतदान केन्द्र राख्ने व्यवस्था गरिएको छ । 

निर्वाचन क्षेत्र नं १ मा एक लाख एक हजार ७२४, निर्वाचन क्षेत्र नं २ मा एक लाख नौ हजार ५७४ र निर्वाचन क्षेत्र नं ३ मा एक लाख तीन हजार ८७ गरी तीन लाख १४ हजार ३८५ मतदाता रहेका छन् । जसमा पुरुष मतदाताको सङ्ख्या एक लाख ५४ हजार ६८ रहेको छ भने महिला मतदाताको सङ्ख्या एक लाख ६० हजार ३१६ छ । 
 

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  १२ : २५ बजे

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित

आईटी छात्रवृत्तिमा नुवाकोटकी सोफिया च्याम्पियन, सर्लाहीकी प्राथना फस्ट रनरअप

काठमाडौं – अष्ट्रेलियास्थित टेकस्किल्स इन्स्टिच्युट र नेपालट्युब अष्ट्रेलियाको सहकार्यमा सञ्चालित

अमेरिका पठाउने बहानामा ३८ लाख ठगी गर्ने महिला पक्राउ

काठमाडौं – अमेरिका पठाउने बहानामा रु ३८ लाख ५० हजार