मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता « Khabarhub

मध्यपूर्व तनावबीच अमेरिका–इजरायल–साउदी अरब हतियार सम्झौता


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


84
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– संयुक्त राज्य अमेरिकाले इजरायल र साउदी अरबलाई ठूलो परिमाणमा हतियार बिक्री स्वीकृत गरेको छ । ट्रम्प प्रशासनले इजरायलका लागि ६ अर्ब ६७ करोड अमेरिकी डलर र साउदी अरबका लागि नौ अर्ब अमेरिकी डलर बराबरको हतियार सम्झौता अनुमोदन गरेको छ ।  

अमेरिकाले साउदी अरबलाई ७३० वटा पैट्रियट मिसाइल र सम्बन्धित उपकरणहरू दिइने छन्, जसले क्षेत्रीय हवाई र मिसाइल रक्षा क्षमता बढाउनेछ । 

इजरायलले बख्तरबन्द ,३० वटा ‘एपाच’ हेलिकप्टर र तीन हजार २५० हल्का ट्याक्टिकल वाहनहरू खरिद गर्ने छन् । एपाच हेलिकप्टर र उपकरणको लागत तीन अर्ब ८० करोड अमेरिकी डलर र हल्का ट्याक्टिकल वाहनको लागत एक अर्ब ९८ करोड अमेरिकी डलर रहेको छ । 

अमेरिकी प्रशासनले यी बिक्रीले क्षेत्रीय सैन्य सन्तुलनमा प्रतिकूल असर नपर्ने र दुबै देशलाई आफ्नो सीमा र जनसङ्ख्या केन्द्रको सुरक्षा सुनिश्चित गर्न सहयोग पुग्ने भनेका छन् । 

यद्यपि केही अमेरिकी नेताहरूले यस सम्झौता अघि बढाइएको आरोप लगाएका छन् । यो निर्णय मध्यपूर्वमा बढ्दो तनाव र सम्भावित सैन्य गतिविधिसँग सम्बन्धित रूपमा आएको हो ।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  २ : ०४ बजे

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान

स्पेनसँगको भिडन्तअघि रोनाल्डोले भने – ‘यो मेरो अन्तिम विश्वकप हो’

टेक्सस – पोर्चुगलका भेट्रान फरवार्ड क्रिस्टियानो रोनाल्डोले जारी विश्वकप आफ्नो

अधुरै बन्यो २४ वर्षदेखिको विश्वकप उपाधिको खडेरी तोड्ने ब्राजिलको सपना

काठमाडौँ – २४ वर्षदेखिको विश्वकप उपाधि खडेरी तोड्ने लक्ष्यका साथ