तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश « Khabarhub

तामाकोशीका एमालेका युवा नेता कांग्रेस प्रवेश


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


96
Shares
  • change font
  • change font
  • change font

दोलखा– नेकपा एमालेमा आबद्ध दोलखा तामाकोशीका युवाहरू विराज श्रेष्ठ, राजीव श्रेष्ठ, डोरबहादुर भण्डारी र उद्धव भुजेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

उनीहरूलाई प्रतिनिधि सभा सदस्यका उम्मेदवार अजय बाबु शिवाकोटीले पार्टीमा स्वागत गरेका हुन्। स्वागत कार्यक्रममा शिवाकोटीले लोकतन्त्र, समावेशी राजनीति र युवाको सक्रिय सहभागिताबाट मात्रै देशमा सकारात्मक परिवर्तन सम्भव हुने बताए।

कांग्रेस प्रवेश गरेका युवाहरूले वर्तमान राजनीतिक अवस्थाले नयाँ सोच र जिम्मेवार नेतृत्वको खाँचो देखाएको भन्दै त्यसका लागि नेपाली कांग्रेस उपयुक्त विकल्प भएको धारणा व्यक्त गरे।

कार्यक्रममा कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  २ : ४१ बजे

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने

कांग्रेसले फागुन २१ को चुनावका लागि देशभर केन्द्रीय संयन्त्र परिचालन गर्ने

काठमाडौं– आगामी फागुन २१ गते हुने चुनावलाई लक्षित गर्दै नेपाली

माओवादीका राजेश लामा एमाले प्रवेश

काठमाडौँ – नेकपा माओवादी केन्द्र काठमाडौँ महानगर कमिटीका तत्कालीन अध्यक्ष

पाकिस्तानमा भएको आक्रमणमा ३८ जनाको मृत्यु

एजेन्सी– पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा सुरक्षा बलले आतंकवादी आक्रमणको प्रतिक्रिया