निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान « Khabarhub

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित बनाउन सञ्चारमाध्यमले जिम्मेवारीपूर्वक योगदान गर्नुपर्ने बताएका छन्।

शनिबार काठमाडौंमा सार्वजनिक सेवा प्रसारण नेपाल, नेपाल टेलिभिजनको ४१ औं वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा उनले निर्वाचनमा प्रत्येक मतदाताले सुरक्षित वातावरणमा मतदान गर्न पाउने सुनिश्चितता संघीय लोकतान्त्रिक गणतन्त्रको मूल आधार भएको बताएका छन्। 

उनले भने, ‘निर्वाचनसम्बन्धी सही सूचना प्रवाह, मतदाताको सचेतना अभिवृद्धि र शान्तिपूर्ण वातावरण निर्माणमा सञ्चारमाध्यमको योगदान अत्यन्तै महत्वपूर्ण छ।’

उपराष्ट्रपतिले पत्रकारितालाई लोकतन्त्रको आधारस्तम्भ मान्दै समावेशिता, समान अवसर र सबैको आवाजलाई प्रतिनिधित्व गर्ने जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न आह्वान पनि गरेका छन्। उनले तथ्यपरकता, निष्पक्षता र विश्वसनीयता कायम गर्दै सबै समुदायलाई समान अवसर प्रदान गर्नु सञ्चारमाध्यमको दायित्व भएको स्पष्ट पारेका छन्।

उनले भने, ‘कुनै पनि समुदाय वा नागरिकको आवाज उपेक्षित हुनु लोकतन्त्रको आत्मालाई कमजोर बनाउने कार्य हो।’

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ५ : ४३ बजे

पछिल्ला २४ घन्टामा कहाँ कति पर्‍यो पानी ?

काठमाडौं – तराई क्षेत्रमा तातो बढिरहेका बेला आज देशका विभिन्न

सुकुमवासीसँग पोखरा महानगरले माग्यो विवरण

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा बनेका संरचना

चौतारीमा हेमन्त कान्छासँग छमछम नाच्दै रचना रिमाल

काठमाडौँ । गायक तथा सारंगीवादक हेमन्तकान्छा रसाइलीले लोक लयमा आधारित

स्वास्थ्यमन्त्री मेहता र भारतीय समकक्षी नड्डाबीच भेटवार्ता

काठमाडौं – स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका

चीन–युरोप अन्तरिक्ष सहकार्यमा ऐतिहासिक सफलता, ‘स्माइल’ उपग्रह प्रक्षेपण

फ्रेन्च गिआना – चिनियाँ विज्ञान प्रतिष्ठान र युरोपेली अन्तरिक्ष एजेन्सी