नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति « Khabarhub

नेपाल–कोरियामैत्री अस्पतालमा थप ५० शय्या सञ्चालनको अनुमति


१७ माघ २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले मध्यपुरथिमि नगरपालिकाद्वारा सञ्चालित नेपाल–कोरियामैत्री अस्पताललाई थप ५० शय्यामा सञ्चालनको अनुमति प्रदान गरेको छ ।

मन्त्रालयको यही माघ १४ गतेको निर्णयअनुसार उक्त अस्पताललाई थप ५० शय्याको जनरल अस्पतालका रूपमा सञ्चालन गर्न अनुमति प्रदान गरिएको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए।    

आज मन्त्री थापा, बागमती प्रदेश स्वास्थ्य मन्त्रालयकी सचिव डा सुमित्रा गौतमसहितको टोलीले अस्पतालको निर्माणाधीन नयाँ भवनको स्थलगत निरीक्षणका क्रममा अस्पतालको स्तरोन्नति गर्ने निर्णय भएको जानकारी दिइएको हो । मन्त्री थापाले अस्पतालको नयाँ भवन निर्माणकार्य गुणस्तरीय र समयमै सम्पन्न गर्न निर्देशन दिए। 

उहाँले शय्या थपको अनुमति प्रदान गर्नु बागमती प्रदेशको स्वास्थ्य सेवा सुदृढीकरणतर्फको महत्त्वपूर्ण कदम भएकाले भक्तपुर जिल्लामै स्वास्थ्य सेवाको पहुँच विस्तार एवं उपचारको गुणस्तरमा यसले सुधार आउने विश्वास व्यक्त गरे।

मन्त्री थापालाई मध्यपुरथिमि नगरपालिका प्रमुख एवं अस्पताल सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र श्रेष्ठ, उपप्रमुख विजयकृष्ण श्रेष्ठ, अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार रौशन र प्रशासकीय अधिकृत रूपेश श्रेष्ठलाई अस्पतालले दिँदै आएको सेवासुविधा र आगामी योजनाबारे जानकारी गराएका थिए । 

सन् १९९९ मा ‘किङ्गह्वी नेपाल स्वास्थ्य केन्द्र’का रूपमा स्थापना भई नेपाल सरकारको मन्त्रिपरिषद्को निर्णयानुसार १४ सेप्टेम्बर २००९ मा ५० शय्याको जनरल अस्पतालमा स्तरोन्नति गर्ने निर्णय गरी नेपाल–कोरियामैत्री नगरपालिका अस्पतालको नामाकरण गरिएको थियो । 

अस्पतालले कोइकाको करिब ९५ लाख अमेरिकी डलर (झन्डै एक अर्ब २५ करोड) को अनुदान सहयोगमा अस्पतालको १०१ शय्याको नयाँ भवन निर्माणकार्य अन्तिम चरणमा पुगेको जनाएको छ । 

यस्तै, नयाँ भवन निर्माण तथा विस्तारसँगै अस्पतालले न्युरोसर्जरी, स्त्रीरोग, प्रसूति सेवा र हाडजोर्नी जस्ता विधामा थप विशेषज्ञ सेवाहरू प्रदान गर्ने लक्ष्य राखेको अस्पतालका निर्देशक डा दीपेन्द्रकुमार रौशनले जानकारी दिए।

प्रकाशित मिति : १७ माघ २०८२, शनिबार  ६ : ४४ बजे

इरानसँगको वार्ता गर्न अमेरिकी उपराष्ट्रपति जेडी भान्स पाकिस्तानमा

काठमाडौँ – अमेरिकी उपराष्ट्रपति जेडी भान्स इरानसँग हुने महत्वपूर्ण वार्ताका

वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा पार्ने प्रचार सामग्री तीन दिनभित्र हटाउन निर्देशन

काठमाडौं – वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने सेवाग्राहीलाई भ्रममा

ठगी मुद्दामा फरार युनिटी लाइफ इन्टरनेसनलका सञ्चालक पक्राउ

काठमाडौं – केन्द्रीय अनुसन्धान ब्यूरोले ठगी मुद्दामा फरार युनिटी लाइफ

प्रधानमन्त्री कप क्रिकेट : बागमती प्रदेश विजयी

पर्सा – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको

एमाले नेता मल्लबाट बलात्कृत खत्री भन्छिन्- योभन्दा बढी बर्बाद हुन बाँकी के छ र ?

काठमाडौं- सरकारले केही समयअघि नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी